अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम चितवन-३ बाट विजयी भएकी छिन् । अहिसम्मकै सर्वाधिक मतका साथ सोविता चितवन-३ बाट विजयी भएकी हुन् । कुल एक लाख ३ मत खसेको चितवन-३ मा गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् ।
नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् ।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।

