सर्लाही-१ मा रास्वपाकी कार्की विजयी

बरहथवा,(सर्लाही)/प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी (कार्की) विजयी हुनुभएको छ । उहाँले कूल ४४ हजार १८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८१७ मत मात्र प्राप्त गर्नुभयो भने नेकपा (एमाले)का मनोजकुमार देवकोटाले छ हजार १०१, नेकपाका उम्मेदवार प्रमोदकुमार साहले पाँच हजार ४९८, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गर्नुभयो । रासस