Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद

    काठमाडौं —पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ ।…

    Read More
  • विप्लवको आमसभालाई सरकारको निगरानी

    काठमाडौं — अर्घभुमिगत नेत्रविक्रम चन्द समहुले शनिबार गर्न लागेको आभसभाप्रति सुरक्षा निकायले चासो दिँदै निगरानी सुरु गरेका छन् । सरकारले वार्ता टोली गठन गरेपछि सो समहुप्रति नरम बनेको भए पनि वार्तामा बस्न आनाकानी गर्दा शनिबार हुने आमसभालाई सुरक्षा नियकाले चासो व्यक्त गरेका हुन् । सरकारी सुरक्षा अंगले संविधान दिएको अधिकारअनुसार सभा गर्दा कहीँ कतै अवरोध…

    Read More
  • नेकपामा असन्तुष्टि: नेपालनिकट २१ केन्द्रीय सदस्यद्वारा तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग 

    काठमाडौं । पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेकोलगायत कारण देखाउँदै नेकपाका माधव नेपालनिकट २१ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । उनीहरूले बुधबार दुवै अध्यक्षलाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलमार्फत पाँच पृष्ठ लामो ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले तत्काल पोलिटब्युरो गठन गर्न र केन्द्रीय सदस्यको…

    Read More
  • विदेश भ्रमणमा कडाइ ! नजर सधै विदेश, लर्कोमा कर्मचारीसँगै जनप्रतिनिधि

    काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरूको विदेश भ्रमणमा कडाइ गरेको भए पनि तीन महिनाको अवधिमा जनप्रतिनिधिको २३ वटा समूह विदेश उडेको पाइएको छ । सोही अवधिमा १ हजार २ सय बढी कर्मचारी विदेश भ्रमणमा गएका छन् । कर्मचारी र जनप्रतिनिधिले अवाञ्छित विदेश भ्रमण रोक्न सरकारले जारी गरेको निर्देशिका र कार्यविधिको उल्लंघन गरे पनि सरकारले…

    Read More
  • माधव नेपालको योजनामा ओली सरकारलाई बदनाम बनाईदैं,

    काठमाण्डौं मंसिर ५ । नेपालमा एउटा आई.एन.जि.ओ.को कार्यक्रम मार्फत केपी ओलीको सरकारलाई थप बदनाम गराउने षडयन्त्र भईरहेको खुल्नमा आएको छ । ‘एसिया–प्यासिफिक समिट २०१८’ नाम दिई आगामी नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म काठमाडौँको ह्यात होटलमा गर्न लागीएको उक्त कार्यक्रम (सम्मेलन)मा नेपाल सरकारलाई नैं सहआयोजक बनाईएको विषय यतिखेर थप रहस्य र राष्ट्रिय लज्जाको विषय बन्न…

    Read More
  • २२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

      काठमाडौं — विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले…

    Read More
  • मेयरहरुलाई विदेस शयरको मोहले छाडेन

    मंसिर ५, सुनील महर्जन, ललितपुर, विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि रु तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन । कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ…

    Read More
  • पप्पुलाई नयाँ ठेक्कामा रोक

      काठमाडौं– सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको…

    Read More
  • गरिबको निवारण गर्न नसकेको गरिबी निवारण कोष अन्तत् विघटन 

    मंसिर ५, काठमाडौं । गरिब जनताका लागि काम गर्न गठन भएको गरिबी निवारण कोषका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै सामु बाझाबाझ गरेका छन् । पदाधिकारीबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण अन्ततः कोष विघटन हुन पुगेको छ । सरकारले विद्यमान कोषलाई खारेज गर्दै कोषले गर्दै आइरहेको सबै काम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महाशाखाअन्तर्गत…

    Read More
  • चितवन प्रहरीको सक्रियता : जवरजस्ती करणीका प्रतिवादी भारतबाट पक्राउ ।

    चितवन , ४ मंसिर । चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी…

    Read More