| प्रवास | अन्तरराष्ट्यि | 
  • भरतपुर १३ को फोहोर व्यवस्थापनको लागी स्थानीय सरकारलाई लाई योङ्ग–नेपालको ज्ञापन पत्र

    भरतपुर महानगरपालीका वडा नम्बर १३ को फोहोर व्यवस्थापन गर्न वडाको ध्यान आकर्षण गरिएको छ । वडाको फोहोर व्यवस्थापनमा स्थानीय सरकार जानकारविहिन भएको भन्दै आज (सोमवार) योङ्ग–नेपाल संस्था मार्फत कार्यवाहक वडा अध्यक्षय किशोर पौडैल लाई ज्ञपन पत्र बुझाईएको हो । विज्ञप्तीमा वडाको फोहोर व्यवस्थापनको लागि वडाले नियमित रुपमा नगरपालिकाको फोहोर संकलन गर्ने गाडीको वडा समक्ष माग…

    Read More
  • हेटौँडामा चट्याङबाट तीन जनाको मृत्यु

    हेटौँडा, २४ वैशाख । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौँडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा…

    Read More
  • प्रचण्ड हुकांर–झुकेर एकता गरिन्न, ‘जनयुद्ध’ पनि छाडिन्न

    काठमाडौं, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको एकता झुकेर नहुने बताएका छन् । वाइसिएलको केन्द्रीय स्कुलिङ विभागले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा उनले ‘जनयुद्ध’ शब्द पनि नछाड्ने उद्घोष गरे । ‘माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुने गरी एकता हुँदैन’, प्रचण्डले भने, ‘यसो गर्नु भनेको देशलाइ अप्ठ्यारो पर्नु हो । जसले…

    Read More
  • यातायात मन्त्रालय र व्यवसायीबीच सिण्डिकेट अन्त्य गर्न पाँचबुँदे सहमति

    काठमाडौँ, वैशाख २४– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात क्षेत्रको (सिण्डिकेट) अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रमा रहेका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट)को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा…

    Read More
  • प्रमुख जिल्ला अधिकारीलाई उद्योगी व्यवसायीको स्वागत

    भरतपुर÷चितवन र नवलपुर क्षेत्रमा विभिन्न उद्योग, व्यवसाय गर्दै आएका व्यवसायीहरुको संगठन चितवन उद्योग संघले भरखरै सरुवा भई चितवन आएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई स्वागत एवं सम्मान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ बस्नेतलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बस्नेत सहित सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटालाई समेत स्वागत…

    Read More
  • जबरजस्ती धर्मप्रचार गर्न खोज्ने चितवनकी फूलदेवी सहित तीन महिला पक्राउ

    काठमाडौं,२४ बैशाख । जागिर लगाइदिने भन्दै जबरजस्ती धर्मप्रचार गर्न खोज्ने तीन महिला काठमाडौंमा पक्राउ परेका छन् । एनजिओमा जागिर लागइदिन्छु भन्दै क्रिश्चियन बनाउन खोजेको आरोपमा कास्की घर भई सीतापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकीकी ३६ वर्षीया राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको हो। चितवनकी लक्ष्मी भट्टराईको उजुरीका…

    Read More
  • सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा सहकारी मन्त्री लामाको जोड

    चितवन,बैशाख २४( प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारी संस्थालाई उत्पादनमूलक र आर्थिक उपार्जनको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । । आज (सोमवार) नारायणगढमा राष्ट्रिय सहकारी बैंकको शाखा उद्घाटन गर्दै मन्त्री लामाले सहकारी क्षेत्रलाई समृद्ध अर्थतन्त्र विकासमा सहयोगका लागि आग्रह समेत गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय…

    Read More
  • आफैलाई गोली हान्ने योजना आफैले बनाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

    काठमाण्डौ,२४ वैशाख । आफैलाई गोली हान्ने योजना आफैले बनाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको विशेष टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएकोप्हरीले जनाएको छ । गोली प्रहारमा…

    Read More
  • पाकिस्तानका गृहमन्त्रीमाथि गोली प्रहार गरी हत्या प्रयास

    इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।” प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको उहाँले बताउनुभयो । यसबारे थप जानकारी आउन बाँकी छ…

    Read More
  • भारतमा बलात्कारपछि किशोरीको जलाएर हत्या

    सोमबार, २४ बैशाख २०७५,  भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । घटनामा…

    Read More