चितवन प्रहरीको सक्रियता : जवरजस्ती करणीका प्रतिवादी भारतबाट पक्राउ ।

चितवन , ४ मंसिर । चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी मुद्दाका एक प्रतिवादी लाई भारतबाट पक्राउ गर्न सफल भएको छ । गएको कार्त्तिक २४ गते बेलुकी अन्दाजी साँढे ७ बजेको समयमा पश्चिम् चितवन कि एक १२ बर्षिया बालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वर्डा नम्बर १३ बस्ने बर्ष २७ को राजन बि।क लाई प्रहरीले भारतबाट पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार अनुसन्धान र खोजतलासका क्रममा बि।क भारतको गुणगाउँस्थित एक घर भित्र लुकिछिपी बसिरहेको भन्ने जानकारी प्राप्त भएपश्चात चितवनबाट प्रहरी निरीक्षक गणेश पौडेलको कमान्डमा खटिएको प्रहरीको टोलीले घट्ना घटेको ६ दिनपछि उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार निज प्रतिवादीले मोटरसाइकलमा राखेर एकान्त सुनसान ठाउँमा लगी जवरजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनी माथि प्रहरीले खोजी कार्यलाइ तीव्रता दिएको थियो । पक्राउ परेका अभियुक्तलाई सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मुलुकी अपराध ९संहिता० २०७४ परिच्छेद (१८ दफा २१९ को उपदफा ३ ९ख० अनुसार दस वा दस बर्ष भन्दा माथि चौध बर्ष भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गरेमा चौध बर्ष देखि १६ बर्ष सम्म कैद सजाय हुने कानुनी ब्याबस्था छ ।

                                                                                                                                                                    भण्डाफोर अभियान साप्ताहिकबाट