माधव नेपालको योजनामा ओली सरकारलाई बदनाम बनाईदैं,

आई.एन.जि.को कार्यक्रममा नेपाल सरकार किन सह आयोजक ?


काठमाण्डौं मंसिर ५ । नेपालमा एउटा आई.एन.जि.ओ.को कार्यक्रम मार्फत केपी ओलीको सरकारलाई थप बदनाम गराउने षडयन्त्र भईरहेको खुल्नमा आएको छ । ‘एसिया–प्यासिफिक समिट २०१८’ नाम दिई आगामी नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म काठमाडौँको ह्यात होटलमा गर्न लागीएको उक्त कार्यक्रम (सम्मेलन)मा नेपाल सरकारलाई नैं सहआयोजक बनाईएको विषय यतिखेर थप रहस्य र राष्ट्रिय लज्जाको विषय बन्न पुगेको छ ।
चर्चआवद्ध संस्थाहरुको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाल सरकार सहआयोजक हुनु राष्ट्रिय लज्जाको विषय भएको स्वयं नेकपाका केही नेताहरुको ठम्याई छ । उक्त कार्यक्रमको मुख्य अभियन्ता क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसन हो ।

नेपालमा ईसाई धर्म प्रचारकको रुपमा बदनाम भइसकेका पुर्ब मन्त्री समेत रहेका एकनाथ ढकालको अध्यक्षतामा रहेको उक्त संस्थाले नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाललाई प्रयोग गरी नेपाल सरकारलाई सहआयोजक बनाउदैं कार्यक्रम गर्न लागेका हुन् । सम्मेलनको तयारी भित्रभित्रै तिव्र गतिमा गरिएको भएपनि सो बारेको सुचना भने गोप्य नै राखिएको छ । सम्मेलनमा बाहिर देखाउनलाई जलवायु परिवर्तन लगायतको विषय भनिएपनि भित्रभित्रैे युनिफिकेसन चर्चको भित्री एजेण्डा विवाह र परिवार सबलीकरणका विषयमा छलफल हुने बुझिएको छ । श्रोतले दिएको जानकारी अनुसार आयोजकमा आई.एन.जी.ओ. र सहआयोजक नेपाल सरकारलाई बनाउन सफल भएका युपिएफका नेपाल अध्यक्ष ढकाल तिनैं ब्यक्ति हुन् जस्ले दक्षिण कोरियाका गल्ली गल्लीमा नेपालको गरिबी र गरिब नेपालीको नाङ्गा फोटो देखाउँदै नेपाली युवाहरुलाई सडकमा भिख मगाउने काम लगाउँछन् । युनिभर्सल पिस फेडेरेसन को नाममा शहरका चोक चोकमा कलम बेचेर चन्दा उठाउने अनि युवायुवती कोरिया लैजाने र विदेशीसँग विहे गराइदिने साथै भित्रि रुपमा क्रिश्चियन धर्मको प्रचार गर्दै आईरहेको त्यहि बदनाम सँस्थाको ग्रयान्डडिजाईनमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेतृत्वको दुईतिहाईको सरकार पर्नुले थप आशंका उब्जाएको छ । कता कम्युनिष्ट सरकारकै योजना र संरक्षणमा नेपालमा ईशाई धर्म मौंलाउदै त् छैन् । गम्भिर आशंका उत्पन्न भएको छ ।
ढकालकै योजनामा यस कार्यक्रको आयोजक इन्टरनेशनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टी (आइक्याप) रहेको छ । यस सम्बन्धमा आईक्याप समेत मोहरा बनेको श्रोतको दाबी छ । कार्यक्रमको आमन्त्रक भने माधव नेपाल रहेको समेत श्रोतले बताएको छ । आइक्याप राजनीतिक पार्टीहरुको अन्तर्राष्टिय फोरम हो । सोही कार्यक्रममा युपिएफकै प्रोजेक्टका रुपमा रहेको इन्टरनेशनल एसोसियसन अफ पार्लियामेन्ट फर पिस (आइएपीपी) सह(आयोजक छ । आइएपीपीका एसिया अध्यक्ष पनि ढकाल आफै हुन । त्यस्तै अन्य केही सन्दीग्ध सस्ँथाहरु समेत सो कार्यक्रमको सह आयोजक रहेको श्रोतले जानकारी दिएको छ । यस्ता सन्दीग्ध संस्थाहरुको आयोजनामा नेपाल सरकार कसरी सहआयोजक हुन पुग्यो भन्नेबारे अहिले सर्वत्र चासो, जिज्ञासा र खोजीको विषय बनेको छ । स्रोतका अनुसार ढकालले सरकारलाई गुम्राहमा राख्न नेकपाका नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई प्रयोग गर्दै आईरहेको बुझिएको छ । केही वर्ष यता अधिकांस समय बिदेश सयरमा रम्ने नेता नेपालको बिदेश शयर र घुमघामको सम्पूर्ण बन्दोबस्त ढकालले गर्दै आएका छन् ।
यसरी, माधव नेपालको योजनामा केपी सरकारलाई बदनाम बनाई जनताको नजरमा गिराउने ठुलो षडयन्त्र भईरहेपनि त्यसलाई पहिचान गर्न नसक्नु र ९० प्रतिशत हिन्दु बुद्धिष्ट भएको मुलुकमा आर्थिक प्रलोभनमा पार्दै तिब्रगतिमा ईसाईकरण गर्न छुट दिनु अझ विवादस्पद चर्च र त्यससँग आबद्ध कुख्याती कमाएकाहरुकै सहआयोजक सरकारलाई बनाउनुले नेपालका नेता र सरकारका मान्छेहरु पूर्ण रुपमा ईसाईकरणका साथै बिदेशीको गोटी बन्दैं गएको आमपुष्टि हुन जान्छ । यसर्थ यस विषयमा नेपाल सरकार र गृह प्रशासनले सजगता अपनाउदैं आफु त्यस्तो विवादित कार्यक्रमबाट अलग हँुदा नैं राष्ट्र, राष्«िटयता र आमनागरिकको हित हुने देखिन्छ । कार्यक्रम हुन अझैं केही दिन समय रहेकाले आगामी दिनमा सरकारले के गर्छ त्यो भने हेर्न बाँकी नैं छ ।
स्मरण रहोस ः नेपालमा हिन्दु धर्मलाई कमजोर बनाउन र धर्मनिरपेक्षताको पक्षमा युनिफिकेशन चर्चसँग आवद्ध त्यस्ता संस्थाहरुले ठुलो आर्थीक लगानी गर्ने गरेका छन् । उनीहरुले राजनितीक क्षेत्रमा अझ धेरै लगानी गरेको विभिनन अध्धनहरुले देखाएको छ । ०६२। ६३ को आन्दोलन यता मात्र ईसाईकरण्को नाममा अर्बौ रकम त्यस्ता सस्थाहरुले भित्र्याईरहेको खुल्नमा आएको छ । अहिले अझ बढी लगानी गर्दै युनिफिकेशन चर्च नेपालमा ईसाईकरणको अभियानमा गाँ गाँउमा सक्रिय रहेको छ । त्यसको मतियारको रुपमा केही राजनितीक नेता कार्यकर्ता र संघ सस्ँथाहरु रहेको अनुसन्धानहरुले नै देखाएको छ । भण्डाफोर अभियान साप्ताहिकबाट