Breaking News
 | 
  • स्वास्थ्य बिमा कार्यक्रमको चितवनमा चरम दुरुपयोग

    चितवन , २२ असोज । निजी अस्पतालमा स्वास्थ्य जाँच गरी सरकारी अस्पतालका डाक्टरहरुसँग धमाधम औषधि लेखाउने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वितहरुले निजी अस्पतालमा उपचार जाँच गरी भरतपुर अस्पतालबाट पुनः बिमाको टिकट लिई उक्त टिकटमा औषधि लेखिदिन डाक्टरलाई दबाब दिने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले बताए । सामान्य…

    Read More
  • तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही

    चितवन , २२ असोज । चितवन ट्राफिकले तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बजार क्षेत्रमा ठुलो आवाज बनाई जनतामा त्रास उत्पन्न हुने किसिमले सवारी चलाउने ७ वटा मोटरसाईकलहरुलाइ ट्राफिकले नियन्त्रणमा लिएको हो । यस्तै, मोटरसाईकलमा बिभिन्न किसिमका साउण्ड सिस्टमहरु जडान…

    Read More
  • आमाले बेवास्ता गरेपछि छोरी घर छाड्न बाध्य

      चितवन , २१ असोज । आफूलाइ जन्म दिने आमाले नै आफ्नै छोरीलाई बेवास्ता गर्छिन् भने ती आमा कस्ती होलिन्, अनि ९(९ महिनासम्म गर्भमा राखेर हुर्काउने आमाको माया कुन चाहिँ छोरा छोरीलाई हुँदैन होला रु आमाबाबुको माया पाउने उमेरमा चितवनकी एक नाबालिक तीन महिनादेखि आफ्नै घर छाड्न बाध्य भएकी छिन् । आफ्नै घर छाडेर तीन…

    Read More
  • प्रेस युनियन चितवनको अधिबेशन असोज २६ र २७ मा हुने

    चितवन, असोज २१– नेपाल प्रेस युनियन चितवन शाखाको जिल्ला अधिबेशन यहि असोज २६ र २७ गते हुने भएको छ । शाखाको शनिबार बसेको बैठकले शाखाको आठौं अधिबेशन २६ र २७ गते दुई दिन गर्ने निर्णय गरेको हो । नेपालकै पहिलो र एक मात्र नेपाल प्रेस युनियन चितवन शाखाको भवन २६ गते नेपाली काँग्रेसका सभापति एवंम…

    Read More
  • बजाजको महाएक्सचेन्ज मेलामा एक सय ५० वटा मोटरसाइकल कारोबार

    चितवन, १९ असोज भरतपुरको केन्द्रीय बस टर्मिनलमा सुरु भएको बजाज महा एक्सचेन्ज मेला सकिएको छ । मेला अवधीभरी त्यहाँबाट करिब एक सय ५० वटा मोटरसाइकलको कारोबार भएको बताइएको छ । मेलामा सहभागी भएका मध्ये लक्की ड्र मार्फत शेरबहादुर पौडेल, निर्मल कंडेल र सन्दिप थापाले इलेक्ट्रिक जग प्राप्त गरको छन् । हंसराज हुलास चन्द एण्ड कम्पनीले…

    Read More
  • लागु औषध रोकथाम अभियान

    चितवन, १९ असोज चितवनको भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरु हुँदै आएका छन् । लागु औषध रोकथाम अभियान सञ्चालन गरेर महानगरपालिकाको २९ वटै वडामा स्थानीय बासिन्दाको सहभागितामा सचेतनामूलक कार्यक्रम गरिदै आएको छ । सन्देश फाउन्डेशन नेपाल तथा रिकभरिङ नेपाल महासंघको संयुक्त आयोनजामा हुँदै आएको कार्यक्रमले भरतपुरको वडा नम्बर १९ देखि…

    Read More
  • पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने तयारी

    चितवन, १९ असोज । चितवनको नारायणगढ बजारस्थित पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ । हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्ड लाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाले भरतपुर महानगरपालिकाको सहकार्यमा सडक विस्तार गर्न लागिएको बताए । ‘सर्भेको काम सकिएको…

    Read More
  • जागिरबाट बर्खास्तमा परेका राइ र क्षेत्री सात बर्ष पछि पुनः काममा फर्किए

    चितवन , १९ असोज । २०३७ भदौ २ गतेदेखि पुस्तकालय अध्यक्षका रुपमा नियुक्त भएका भरतपुर महानगरपालिका ११ का नारायणबहादुर राई २०३८ सालमा भरतपुरस्थित चितवन माध्यमिक बिद्यालयको सहायक लेखापाल भए । उनले २०३७ पुस १ गतेदेखि नै स्थायी नियुक्ति लिए । तर, स्थायी पदबाट राजीनामा नमागी र कुनै सम्झौता नै नगरी उनलाई मनोनामी रुपमा नै करार…

    Read More
  • आँपटारी–रामनगर सडकलाई धार्मिक मार्ग बनाइने

    चितवन , १९ असोज । देवघाट क्षेत्र विकास समितिले देवघाट क्षेत्रको विकास गर्न सबैभन्दा पहिला सडक फराकिलो पार्नुपर्ने आवश्यक देखिएको बताएको छ । देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले देवघाट क्षेत्रको विकास गर्न पहिले बिकासको आवश्यक रहेको बताएका हुन् । आँपटारी–देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्ग पूर्णरुपमा विस्तार भए पोखरा, काठमाडौँलगायतका ठाउँबाट देवघाट दर्शन गर्न आउनेलाई…

    Read More
  • चितवनका एसपी राठौर भन्छन् : चार्डपर्व ढुक्कले मनाउनुहोस्

      चितवन , १८ असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ लक्षित गर्दै चितवन प्रहरीले जिंल्लाभरको सुरक्षा ब्याबस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले चितवन देशको मध्यभागमा अवस्थित रहेको जिल्ला भएको र यस क्षेत्रमा दसैँ तिहारका दिन धेरै नै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबारहरु पनि बढी हुने…

    Read More