चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवन,फागुन १०/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विहिवार राती रामनगरबाट नारायणगढतर्फ आइरहेको ना ४७ प २७७५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिक १ आँपटारी रामनगर विचमा पर्ने पानि ट्याङकी नजिक अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार भरतपुर ११ का विपिन गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक भरतपुर ८ का २९ बर्षिय विजय भुजेल सुकशल छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको  चितवन प्रहरीले जनाएको छ।