सेटिङ्गमा गोरुको तस्करी बढदैं ,दैनिक १२ दर्जनको हाराहारीमा तस्करी

सरकार मुकदर्शक

 


चितवन । गत् मंगलबार बिहान मात्र ५ वटा ट्रकमा करिब ७५ वटा गोरु चितवनको बाटो हँुदैं पुर्बि नेपालतिर लगिए । पश्चिम नेपालको भारतीय सिमाक्षेत्रबाट ल्याईएको आशंका गरिएका ति गोरुहरु पुर्बि नेपालको झापा, मोरङ्ग, सुनसरी, ईलाम लगाएतका जिल्लाको सिमावर्ति क्षेत्रबाट पुनंः भारतको बाटो हँुदै बङ्गालादेशमा लैजान लागिएको हो । ति ट्रकमा गोरुसँगै गाईको समेत तस्करी भएको खुल्नमा आएको छ । यसरी मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी केही महिनायता नेपालबाट निर्वाद रुपमा शुरु भएको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त एक गोप्य श्रोतको सुचना अनुसार यसरी लस्करै आएका ट्रक बाटोमा कुनै अबरोध नहोस भन्नका लागी तस्करहरुले प्रहरी, प्रशासन, दलका चल्तापुर्ता युवाहरुको साथै केही समय अगाडीदेखि अदालतबाट समेत सेटिङ्ग मिलाउदै गरेको खुल्नमा आएको छ । तिनै समूहका नाईकेहरुले कुरा मिलाउदै गोरु भारतको उत्तराखण्ड र उत्तरप्रदेशको नाका हँुदै नेपालको बाटो भएर बङ्गालादेशसम्म तस्करी भईरहेको खुल्नमा आएको हो । गत् बिहिबार ना.५. ख. ५९४६, ना.५. ख.८४११ र अल्फाबेट नखुलेको ३४३४ नं. लगाएतका ११ वटा ट्रकमा सयौंको सख्ँयामा गोरु तस्करी गरेको पाईएको थियो । भण्डाफोर अभियानले गरेको एकहप्ताको अध्यननमा त्यसयता दैनिक बिहान र रातीको समयमा बढीमात्रमा गोरुको तस्करी भर्यरहेको पाईएको छ । सर्बौच्च अदालतबाट नेपालभित्र गोरु ढुवानीमा रोक नलगाउनु भनि आदेश भएकाले गोरु लादिएका उक्त ट्रकहरु रोक्न नसकेको े प्रहरीले बताएको भएपनि गाईको समेत तस्करी बढेपनि प्रहर िप्रशासन मुकर्दशक बस्नुलाई तस्करहरुको सेटिङ्ग कता प्रहरीका उच्च हाकिम र गृह प्रशासनसम्म त छैन भन्ने आम आशंका पैंदा भएको छ । गोरुसँगै हाम्रो नेपालको राष्ट्रिय जनावार गाईको तस्करी निर्वाद गरिहेको दृश्यले तस्करहरुको सेटिङ्ग सबैतिर रहेको त्यस्मा पनि राज्यको उपल्लो निकायमा पदासिनहरुलाई मोटै रकम बाँडेर खुलम खुला तस्करी त् भएको होईन भन्ने आशंका गर्ने ठाँउ देखिएको छ । आमचासोको यस बिषयमा सरकार र राज्यका सरोकारवाला सम्बन्धित सबै निकायको ध्यान जानुपर्ने होईन र ?