एबीसी नारायणी मोटर्स प्रा.लि. सञ्चालन


गैंडाकोट, ०८ फागुन/ चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता नारायणी मोटर्सले नवलपुरमा आफ्नो शाखा विस्तार गरेको छ । नवलपुर क्षेत्रका ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नवलपुरको गैंडाकोट नगरपालिका स्थीत कालीगण्डकी चोकमा शाखा शुभारम्भ गरेको हो । एबीसी नारायणी मोटर्स प्रालिको नामबाट सञ्चालनमा आएको शोरुमको बुधबार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गरेका हुन् । नगर क्षेत्र भित्र सञ्चालन हुने उद्योग व्यवसायलाई नगरपालिकाको पूर्ण रुपमा साथ र सहयोग हुने उल्लेख गर्दै पौडेलले व्यवसायीहरुको सुरक्षाका लागि सधैँ सचेत रहेको बताए । उद्योग व्यवसायविना नगरको विकास सम्भव नभएकाले नगरपालिकालाई व्यवसायमैत्री बनाउँदै लैजाने पौडेलको भनाइ छ । एबीसी नारायणी माटर्स प्रालिका सञ्चालक बालगोपाल चुकेका अनुसार ग्राहकहरुको सेवा र सन्तुष्टिका लागि गैंडाकोटमा शाखा सञ्चालन गरिएको हो । नारायणगढ क्षेत्रमा भीडभाड बढ्दै गएकाले भीडभाडभन्दा केही पर नयाँ शोरुम सञ्चालन गरिएको चुकेले बताए । नयाँ शोरुम सञ्चालनसँगै सुरुको एकहप्तासम्म विभिन्न योजनाहरु ल्याएको चुकेले बताए । फागुन दोस्रो सातासम्म शोरुमबाट कुपन लिएर जाने ग्राहकहरुका लागि पाँच पटकसम्म निशुल्क मोटरसाइलक सर्भिसिङ, सेवाग्राहीहरुको मोटरसाइकल निशुल्क धोइदिने, स्पेयर पार्टस्मा १२ प्रतिशत छुट लगायतका योजनाहरु प्रदान गरिएको चुकेको भनाइ छ । त्यस्तै, १२५ सीसीको डिस्कभर बाइकको खरिदमा ३२ ईन्चको एलईडी टिभी उपहार स्वरुप प्रदान गरिने समेत चुकेले बताए । गैंडाकोटमा सञ्चालनमा आएको एबीसी नारायणी माटर्स प्रालिबाट सेल्स, सर्भिस र स्पेयर (थ्री एस) सहितको सेवा प्रदान गरिने. चुकेको भनाइ छ । ग्राहकहरुको सन्तुष्टि र सर्वसुलभ सेवा नै आफूहरुको चाहना भएको उल्लेख गर्दै चुकेले बिक्री पछिको सेवाका लागि समेत सधैँ तयार रहेको बताए । एबीसी नारायणी मोटर्सले एक सय सीसीदेखि २२० सीसीसम्मका बजाज कम्पनीको बिक्री वितरण गर्ने उल्लेख गर्दै चुकेले स्थानीय बजारमा बजाजका १८ प्रतिशत भन्दा बढी मोटरसाइकलको बिक्री हुने गरेको बताए ।