Breaking News
 | Posts created by Surya Baral
  • किशोरीलाई जवरजस्ती करणी गर्ने वृद्ध समातिए ।

    प्रनिश थापा , चितवन , २० पौष । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्ने वृद्ध डिएसपी डि।एन। ज्ञवालीको फन्दामा परेका छन् । बिरामी भएकी ती किशोरीलाई झारफुक गरी सञ्चो गराउने आश्वासनमा घरमा बोलाइ विभिन्न टुनामुना लगाइ पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा रत्ननगर नगरपालिका वर्डा नम्बर ११ मङ्गलपुर बस्ने बर्ष ७५…

    Read More
  • घुस रकम सहित नापी अधिकृत कर्माचार्य पक्राउ ।

            प्रनिश थापा , चितवन , २० पौष । चितवनको  भरतपुर नापी कार्यालयका एक कर्मचारीलाइ घुस सहित उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाँट गर्ने क्रममा घुस मागेका नापी अधिकृत राजेश कर्माचार्य लाइ मञ्चले नगद २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो । उपभोक्ता अधिकार संरक्षण…

    Read More
  • विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि

      प्युठान – विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् ।

    Read More
  • ५७ करोड ठगीका आरोपी ४ लाख धरौटीमा रिहा !

    पत्रपत्रिकाबाट काठमाडौँ – ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी…

    Read More
  • सुन तस्करी प्रतिवेदन गुपचुप : गृह र प्रधानमन्त्री कार्यालय एक अर्कालाई औंला तेस्र्याउँदै

    काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ रु त्यसमा के भइरहेको…

    Read More
  • राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनताः पिए राख्न सालासाली र भाइभतिजा

      काठमाडौँ – शाखा अधिकृतसरहको सुविधा पाउने अवसर कार्यकर्तालाई दिन होइन, घरमै राख्न चाहन्छन् सांसद । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यी हुन् आफन्तलाई पिए राख्ने सांसदः

    Read More
  • चितवनको भरतपुर कारागारमा दस बर्षको अवधिमा ४१ जना कैदीले ज्यान गुमाए ।

    प्रनिश थापा, चितवन, २० पौष । चितवनको भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । जिल्ला कारागार प्रशासन भरतपुर चितवनको तथ्यांकअनुसार दस वर्षको अवधिमा ४१ जना कैदीको मृत्यु भएको हो । अधिकांश कैदीहरुको मृत्यु क्यान्सर रोगका कारण भएको पाइएको छ । कारागारमा क्यान्सर रोगसँग लडिरहेका बिरामीहरु ल्याइएकोले मृत्युदर पनि बढेको कारागारका प्रमुख…

    Read More
  • मारवाडी युवा मञ्चद्वारा आयोजित कार्यक्रममा ४३ जनाले गरे रक्तदान ।

    चितवन । पुष १९ । मारवाडी युवा मञ्च नारायणगढको आयोजनामा नारायणगढको लायन्सचोकमा खुला रक्तदान सम्पन्न भएको छ । मारवाडी युवा दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ४३ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक डाक्टर आदित्य जनालले बताए । जलानका अनुसार नौ जना महिला तथा ३४ जना पुरुषले रक्तदान गरेका हुन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय…

    Read More
  • चितवनको भरतपुरमा महिलामाथी एसिड प्रहार

    सूर्य बराल । चितवन,पुस १९/भरतपुरमा एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर घर भएका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आई आफ्नै श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरतमुक्त रहेको चितवन प्रहरीले जनाएको छ । बुधबार…

    Read More
  • चितवन महोत्सव पौष २५ गतेदेखि सुरु हुँदै

            प्रनिश थापा , चितवन , १९ पौष । यस बर्षको चितवन महोत्सव आगामी पुस २५ गतेदेखी नारायणी नदीकिनारमा सुरु हुने भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य…

    Read More