चितवनको भरतपुरमा महिलामाथी एसिड प्रहार

घटनामा संम्लग्नहरु प्रहरी हिरासतमा


सूर्य बराल । चितवन,पुस १९/भरतपुरमा एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर घर भएका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आई आफ्नै श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरतमुक्त रहेको चितवन प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रुब ्रबजारस्थित मार्इतीघरमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई उनका श्रृमानले एक्कासी एसीड प्रहार गरेका हुन् । पोखरा बाटै गाडी रिर्जब गरी चारजना साथीसहित भरतपुर ससरराली मै आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राठोरको भनाइ छ । पोखराबाट ग१य ५४३ नंको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा बिरेनसहित पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, पोखरा २९ कै निरेन गुरूङ र हेटौँडा १० बस्ने वर्ष २४ का विवेक गुरूङलाई प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लामा नाकाबन्दी र घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भइएको एसपी राठोरले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।