घुस रकम सहित नापी अधिकृत कर्माचार्य पक्राउ ।

 

 
 
प्रनिश थापा , चितवन , २० पौष । चितवनको  भरतपुर नापी कार्यालयका एक कर्मचारीलाइ घुस सहित उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाँट गर्ने क्रममा घुस मागेका नापी अधिकृत राजेश कर्माचार्य लाइ मञ्चले नगद २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका शाखा अध्यक्ष बिष्णु भुसालका अनुसार पीडित पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोमा उनलाई निजामती सेवा ऐनअनुरुप मुद्दा अगाडि बढाइने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले बताए ।