Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    चितवनमा विप्लव समूहको संगठन तितर बितर र छिन्न भिन्न हुँदै

    सुर्य बराल/ चितवन,चैत १३ /चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । सरकारले गत् फागुण २८ गते प्रतिबन्ध लगाउदै बिप्लब समूहका बिरुद्ध ब्यापक मात्रमा प्रहरी परिचालन गरेसँगै चितवनमा प्रतिबन्धित नेकपा बिप्लब समूहको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो । बिप्लवका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ…

    Read More
  • स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट स्वदेशको लागि फर्कनुभएको छ । पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नुभएको हो । नेकपा अध्यक्ष दाहाल यहाँको स्थानीय समयअनुसार मंगलबार राति ११ बजे न्यूयोकस्थित जोन एफ…

    Read More
  • अपराध/दुर्घटना

    नवलपुरमा १० दिन विद्युत सेवा नआउने ।

    कावासोती ,चैत १३/नवलपुरमा झण्डै १० दिन विद्युत सेवा नआउने भएका्े छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा ठुलो क्षती पुगेपछि नवलपुरका प्राय स्थानमा विद्युत सेवा अवरुद्व भएको हो। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प…

    Read More
  • मुख्य समाचार

    पूर्वप्रधानमन्त्री नेपालविरुद्ध किन लाग्यो नाराबाजी ?

    चितवन । महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा गत सोमबार चितवनको भरतपुर आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ‘होली वाईन मुर्दावाद’ भन्दै नाराबाजी भएको छ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपाललाई विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) ले गरेको ‘एसिया प्यासिफिक समिट’को प्रवद्र्धक भएर काम गरेको भन्दै चितवन आएको बेला हिन्दुबादी भक्तजनहरुले…

    Read More
  • मुख्य समाचार

    नेकपा विप्लव समूहविरुद्ध देशब्यापी ‘सर्च एन्ड एरेस्ट अपरेसन’ तीव्र

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिबिधीमाथि प्रतिबन्ध लगाउदै नेपाल प्रहरीलाई सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई तिब्र्रता दिन लगाएको छ । नेपाल प्रहरीले देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ताको खोजी गर्दै घेराहाली पक्राउ गर्न निर्देशन दिइएको हो । सरकारले फागुन २८ गतेको मन्त्रीपरिषद् बैठकबाट विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी…

    Read More
  • दोहोरो वायुले प्रि–मनसुन सक्रिय, बुधबार पनि पानी पर्ने

      काठमाडौँ /स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु…

    Read More
  • कृषि/पर्यटन

    लगानी सम्मेलनमा यातयातका पनि तिनवटा परियोजना

    चैत्र १३, काठमाडौं/लगानी सम्मेलनमा सार्वजनिक यातायात क्षेत्रमा पनि लगानी आह्वान गरिने भएको छ । सम्मेलनमा सरकारले प्रस्तुत गर्ने ५० वटा परियोजनामध्ये तीनवटा यातायातसँग सम्बन्धित छन् । लगानी बोर्डले काठमाडौंको चक्रपथ, नवलपरासीको रामग्रामदेखि कपिलवस्तुको तिलौराकोट र सुदूरपश्चिम प्रदेशका सडकमा सार्वजनिक यातायात सञ्चालनसम्बन्धी प्रस्ताव गर्न लागेको छ । काठमाडौंको चक्रपथमा बस र्यापिट ट्रान्जिट, रामग्राम–तिलौराकोट र्यापिट पब्लिक ट्रान्सपोर्ट…

    Read More
  • अपराध/दुर्घटना

    मापदण्ड कुल्चेका क्रसर बन्द

    बराहताल गाउँपालिका–२ स्थित थापाडेराको भेरी किनारमा बालुवा निकाल्दै जेसिबी। तस्बिर : नगेन्द्र/नागरिक सुर्खेत/प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध क्रसर उद्योग बन्द गराएको छ। उक्त क्रसर उद्योगमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै पूर्वआयुक्तविरुद्ध अख्तियार अदालतमा

      काठमाडौं/अनियमितता गर्ने व्यक्ति जतिसुकै अख्तियारप्राप्त ठाउँमा बसे पनि कुनै दिन फन्दामा पर्न सक्छन् । राजनारायण पाठकको घटनाले यसलाई चरितार्थ गरेको छ । केहीअघिसम्मका आफ्नै आयुक्त पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेकोे छ । इन्जिनियरिङ कलेज स्वामित्व विवादमा घुस लिएको सकारेका पाठकसँग ७८ लाख रुपैयाँ बिगो र ११ वर्ष…

    Read More
  • अपराध/दुर्घटना

    मानव तस्करीका लागि सेटिङ मिलाउँछन् अध्यागमनका कर्मचारी

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको…

    Read More