टोलमा  बस्नै नसक्ने बनाएको भन्दै स्थानीयले महानगरको फोहर फाल्न रोक्ने ।

चितवन । भरतपुर महानगरपालिकाका २९ वटै वडाको फोहर आफ्नो टोलमा फाली बस्नै नसक्ने बनाएको भन्दै स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगर वडा नं. ३ बाह्रघरे नारायणी दोभान टोलका एकसय भन्दा बढी स्थानियले मंगलबार महानगर प्रमुख रेणु दाहाललाई भेटी सो क्षेत्रमा फोहर फाल्न रोक्नुपर्ने लगाएतका ५ बुँदे मागपत्र पेश गरेका छन् । महानगर ल्याण्डफिल्डसाईड प्रदुषण पिडित संर्घष समितीका संयोजक उत्तम श्रेष्ठको नेतृत्वमा गएको सो टोलीले प्रमुख दाहाललाई भेटी आफ्ना मागहरु एकहप्ता भित्र पुरा नगरे फोहर फाल्न नदिने चेतावनी दिएको छ । पिडीत स्थानीयको मागपत्र बुझ्दै महानगर प्रमुख दाहालले स्थानियको गुनासो र समस्याको उचित रुपमा सम्बोधन गरिने बताईन । प्रमुख दाहालले कोरियन कम्पनीसँग सम्झौंता भई ल्याण्डफिल्ड साईडको काम अगाडी बढीरहेकोले अस्थायी रुपमा तत्काल सो स्थानमा फोहर फाल्नु महानगरको बाध्यता भएको भन्दै स्थानियको माग सम्बोधन गरिने बताईन् । स्मरण रहोस महानगरमा दैनिक निस्कने ६० टनभन्दा बढी फोहर सो स्थानमा ६ बर्षबाट महानगरले निरन्तर फाल्दै आएको भएपनि महानगरको नारायणगढ बजारक्षेत्रबाट नजिकको यस टोलमा रहेका बाटोमा अहिलेसम्म ग्राभेल, खानेपानी लगाएतका बिकासका पुर्बाधार बाट भने सधै पछी पारिएको छ । आजको भण्डाफोर अभियान साप्ताहिकबाट