सार्बजनिक जग्गामा सिध्दि साहुको रिर्सोट

देबचुली नगरपालिका किन निरिह ?

नवलपुरको देवचुली नगरपालिका १ र १७ मा पर्ने सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क रिर्सोट बनेपनि देबचुली नगरपालिका भने निरिह देखिएको छ । स्थानियको बिरोध हुँदाहँदै नारायणगढका सिध्दि साहुले जनताको आवाजलाई दबाउदै रिर्सोट निर्माण गरेका हुन् । सञ्चारमाध्यममा लगातार समाचार आएपनि सरोकारवाला निकायको मौनता र मुकर्दशकीताको कारण स्थानियको आवाजलाइृ दबाउन श्रेष्ठ सफल भएका हुन् ।
१० बिगाहा भन्दा बढी राज्यकोसम्पति चितवन नारायणगढका एक धनाढ्यले आफनो ब्यबसायीक फाईदाको लागी अतिक्रमण गरेर रिर्सोट निर्माण गरी ब्यबसाय सञ्चालन गरेको भएपनि नगरपालिका भने कानमा तेल हालेर मुकर्दशक बसिरहेको हो । स्वंय नगरपालिकाको ईन्जीनियरसहितको टोलीले पटक पटक अनुगमन गरी अतिक्रमित २२ वटा स्थानको रेखाङ्कन भईसक्दा पनि देवचुली नगरपालिकाले कुनै कानुनी कार्बाही गर्न नसक्नु लाजमर्दो बिषय हो, देबचुली नगरपालिकाको ब्यईजत भईसक्यो अझै कुनै कार्बाही हुन सकेन एक स्थानियले भने । सार्बजनिक जग्गा पचाउन श्रेष्ठले सामाजिक र धार्मिक आबरणका योजना समेत अगाडी बढाए पनि स्थानियको बिरोध नरोकिएपछी श्रेष्लाई अहिले भने भित्रभित्रै छटपटी भईरहेको बुझिएको छ ।
श्रेष्ठलाई अहिले अख्तियार लगाएतका निकायले पनि ताकेता गरिरहेकाले उनको छटपटी बढेको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार श्रेष्ठलाई राजस्व अनुसन्धान बिभाग र सम्पति सुध्दिकरणले समेत छानबिन गर्ने तयारी गरेको बुझिएको छ । बिगतमा मिटरब्याज र ढुकुटी साथै बहालकर समेत छली गरेको आरोप लागेका श्रेष्ठले भाडावालहरुसँग सलामी समेत लिने गरेको श्रोतको दाबी छ । श्रेष्ठको हरकतको बिरुद्धमा जनताको दबाब बढदैगएपछी अहिले नगरपालिकाले श्रेष्ठलाई पेल्ने तयारी गरेको सुईको पाएकाले पनि केही दिन यता श्रेष्ठ निद उडेको बुझिएको छ । सार्बजनिक जग्गा अतिक्रण गरी बनाईएका संरचना भत्काउन र नदी दोहन गर्ने श्रेष्ठमाथी काबाही गर्न स्वंय जनता अग्रसर भए पछी उनी अत्तालिएको श्रोतको दाबी छ । आजको भण्डाफोर अभियान साप्ताहिकबाट