चितवनमा फेरी गुण्डागर्दीले टाउको उठाउन शुरु गर्दै

मिटरब्याजी र अबैध ढुकुटी सञ्चालकहरुको प्रहरी कनेक्शन के हो ?

चितवनमा केही बर्षदेखि रोकिएको गुण्डागर्दीले फेरी टाउको उठाउन शुरु गरेको छ । जिल्लामा बिभिन्न नाम र बाहानामा पछिल्लो केही महिना यता गुण्डागर्दी र कुटपिटका घटनाहरु बढेको देखिन्छ । गत् २ महिना अगाडी दिपेन्द्रचोकमा बिबेक गुरुङ्गको टाउकोमा रडले आक्रमण भएको थियो । त्यो घटनामा सम्लग्न मध्ये एक कारागार चलान भएपनि अन्य चार जना हालसम्म फरार रहेको प्रहरी श्रोतले जानकारी दियो । त्यस्तै जिल्लामा अन्य कुटपिट र आक्रमणका एकदर्जन घटनाहरु सोही अबधीमा भएको र ति घटनाका अधिकांस आरोपीहरु फरार रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । गत् सोमबार भरतपुर ४ बाह्रघरेका सुरेश जोशीमाथी बंशी भन्ने एकजना र उनीसँग आएका नचिनेका ३ जना मिली सांघातिक हमला गरेका थिए । आक्रमणकारीहरुको प्रतिकार गरी ठुलो क्षति हुनबाट रोक्न सफल भएपनि जोशीको टाउको, ढाड, हात र खुट्टामा चोट लागेको छ । आक्रमणमा घाईते भएका जोशीले भण्डाफोरसँग कुरा गर्दै भने म साथीहरुसँग बसि खाजा खाँदै गरेको अवस्थामा बेलुका ५ बजेतिर बंशी लगाएतका रेनकोट र मास्क लगाएका तिनजना आई केही कुरा गर्नु छ भन्दै आफुलाई बाहिर बोलाएको र बाहिर निस्कने बित्तकै एक्कासी खुकुरी र फलामको पाईप प्रहार गरेको जानकारी दिए । उनीहरुले प्रहार गरेको खुकुरी आफुले हातले रोक्न सफल भएकोले आँफु बाँच्न सफल भएको भन्दै उनीहरु ज्यानमार्ने उध्यश्यले आफुमाथी आक्रमण भएको पिडीत जोशीले बताए । हारगुहार गरेपछी स्थानिय गाँउले आएसँगै आक्रमणकारहिरु फरार भएपनि उनीहरुले आक्रमणमा प्रयोग गरेको एउटा खुकुरी र फलामको पाईप भने प्रहरीलाई बुझाएको जोशीले जानकारी दिए । सोमबार साँझ घटना घटेपनि मंगलबार बेलुकासम्म प्रहरलिे घटनाका आरोपीहरुलाई अझै पक्राउ गर्न भने सकेको छैन् ।

अझै रोकिएन मिटरब्याज र अबैध ढुकुटीको धन्दा ?
जिल्लामा अबैध मिटरब्याज र ढुकुटीको अबैध धन्दा एकपछी अर्को रुपमा मौलाउदैं गएपनि प्रहरी प्रशासनले पेशेबर अबैध कारोबारीहरुलाई अहिलेसम्म कुनै कार्बाही गर्न सकेको छैन् । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुर महानगर क्षेत्र र पुर्बी चितवनको टाँडी, खोलेसिमल, पर्सा लगाएतका बजार क्षेत्रमा अबैध मिटरब्याज र अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन फस्टाउदै गईरहेको भएपनि प्रहरी प्रशासनले बेवास्ता गर्दा दैनिक दर्जनौं पिडीत भईरहेका छन् । समाजमा ब्याप्त यस्ता ग्रैहकानुनी कार्य गर्नेहरुलाई कार्बाही गर्नुको सट्टा उनीहरुलाई नै प्रोत्साहन मिल्नेगरी उल्टै प्रहरीले मिटरब्याजी र ढुकुटी सञ्चालकहरुको रकम उठाइदिन पिडीतहरुलाई ताकेता गर्ने, प्रहरी कार्यालय भित्र अघोषित बन्दक जस्तै बनाई राखी मानसिक दबाब दिने लगाएतको कार्य अझै गरिरहेकोे पिडीतहरुले बताएका छन् ।
जिल्लामा २ दर्जन भन्दा बढी ब्यक्तिले अबैध ढुकुटी र मिटरब्याजलाई नै पेशा बनाई केही कर्मचारी र गुण्डाहरुलाई समेत परिचालन गरी अबैध असुली गरिरहेका छन् । यसरी अबैध ढुकुटी र मिटरब्याज सञ्चालकहरुको अबैध कारोबारमाथी लगाम लगाउन प्रहरी प्रशासन किन चुकीरहेको छ रहस्यको बिषय बनिरहेको छ ।
भरतपुर २ की जुलु गुरुगं, क्षेत्रपुरकी रेणु मुल्मी श्रेष्ठ, लक्ष्मी अर्याल, भरतपुरका यम बहादुर गुरुगं, भरतपुरकै राकेशमान श्रेष्ठ, सुनिता गुरुगं, बुद्धिमान तामाङ्ग लगाएत एक दर्जन ब्यक्ति मिटरब्याजी धन्दामा सम्लग्न रहेको बुझिएको छ । उनीहरुमध्ये अधिंकासले अबैध रुपमा आर्थिक लगानी गर्ने त्यस्को सयकडा रु ३० सम्म ब्याज लिने कार्य गरिरहेको भएपनि उनीहरुलाई कार्बाही नहुँदा कानुनी राज्यकै उपहास भएको छ । सकेसम्म गुण्डा लगाएर धाक धम्की दिई आफै खाली चेक लिने, नसके प्रहरीका अमुक पात्रलाई प्रलोभनमा पारी प्रहरीको आडमा अबैध असुली गर्ने, त्यसो पनि गर्न नसकेमा रकम लगानी गर्नु अगाडी नै लिईएका खाली चेक र गराईएका तमसुकको आधारमा मुधा दर्ता गराई अदालतको आडमा पिडीहरुको उठीबास नै लगाउन अबैध कारोबारीहरु सक्रिय रहेको देखिन्छ । यस तर्फ स्थानिय सरकार र प्रहरीको उपल्लो तह, प्रशासन केन्द्रिय सरकारको गृहप्रशासनको समेत ध्यान जान जरुरी देखिन्छ ।
यस्ता अबैध कारोबारी गर्नेहरु कारबाही गर्न जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरीको नाममा पत्र काटेको पनि हप्तौ भईसक्दापनि प्रहरीले मिटरब्याजीहरुलाई कार्बाही नहुँदा चितवन प्रहरी र मिटरब्याजीहरुको बिचमा के कनेक्शन छ भन्दै चितवनका सर्बसाधरणले प्रश्न सोध्न थालेका छन् । केही हप्ता अगाडी भरतपुर २ को वडा कार्यालयमा भएको एक सार्बजनिक सुनवाई कार्यक्रममा मिटरब्याजी र ढुकुटी सञ्चालकलाई कार्बाही गर्ने भने पनि अहिलेसम्म जरा गाडेर बसेका त्यस्ता अबैध मिटरब्याजी र ढुकुटी सञ्चालकलाई कार्बाही गरेको देखिदैन् । उल्टै त्यस्ता मिटरब्याजीहरुको उजुरीको हवला दिदै सर्बसाधरणलाई त्रसित बनाउदैं एसपी मल्ल आफैले फोन गरी धम्क्याएको एक पिडीतले भण्डाफोरलाई जानकारी दिए ।
यसैबिच चितवनका एसपी दान बहादुर मल्लले अबैध ढुकुटी र अबैध मिटरब्याजी कारोबार गर्नेहरुलाई आवश्यक कार्बाही गर्ने बताए । मिटरब्याज लगाउने र अबैध ढुकुटी सञ्चालक(घोप्पा)हरुलाई उजुरीको आधारमा कार्बाही गर्दै जाने एसपी मल्लले जानकारी दिए । आजको भण्डाफोर अभियान साप्ताहिकबाट