Breaking News

हाइब्रिड गाडीमा हचुवा निर्णयले करोडौँ राजस्व गुम्दै

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ ।

विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै चल्ने गाडीले समेत यस्तो सुविधा लिनसक्ने देखिएको भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् ।

विश्व बजारमा ब्याट्री र इन्धन दुबैबाट चल्ने पीएचईभी र इञ्जिन स्टार्ट भएसँगै आफैं चार्ज हुने प्रविधियुक्त गाडीलाई मात्र हाइब्रिड मानिँदै आए पनि नेपालमा भने ब्याट्री र सानो मोटर भएको तर पूर्ण रुपमा पेट्रोलबाटै चल्ने गाडीलाई पनि हाइब्रिडकै परिभाषामा राखिएको छ ।

यद्यपि, सरकारले कर छुटको मात्र घोषणा गरेको र व्यवसायीले हाइब्रिडको आफूखुशी परिभाषा गरिरहेको जानकारहरु बताउँछन् । भारतले समेत माइल्ड वा स्मार्ट हाइब्रिड गाडीलाई सन् २०१७ को अप्रिलबाटै करछुटको सुविधा हटाइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा विपेन्द्र कार्कीले लेखेका छन् ।

sahid diwas