Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा प्रदर्शन ।

     चितवन , १७ मंसिर । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा बिरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्वारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा रामपुरका संयुक्त विद्यार्थी संघ/संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका हुन् । विश्वविद्यालयले लुकीछिपी विद्यार्थी र देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक…

    Read More
  • काठमाडौंको पुर्वेली गेष्ट हाउसबाट ५ लाख नगद सहित १३ जना जुवाडे पक्राउ

    काठमाडौं – काठमाडौं महानगरपालिका–६ नयाँ बस्तिमा सञ्चालित पुर्वेली गेष्ट हाउसको जुवा खालमा प्रहरीले छापा मारेको छ । आईतबार राती साँढे १० बजे अच्युत नेपालको घरमा सञ्चालित गेष्ट हाउसमा जुवा खेलाईरहेको सुचनाको आधारमा छापा मारेर १३ जुवाडेलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख ९डिएसपी० नरेन्द्र चन्दले जानकारी दिए । राम कार्किको स्वामित्वमा रहेको गेष्ट हाउसमा…

    Read More
  • एसिया प्यासिफिक समिटः क्रिस्चियन समुदायको पनि विरोध

      काठमाडौं — युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरुले पनि विरोध गरेका छन् । आफुलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ । नेपालमा पनि सरकारको आडमा उनीहरुले क्रिस्चियन धर्मलाई…

    Read More
  • चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

    चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…

    Read More
  • चितवनमा वन्यजन्तु आक्रमण बढ्दो : चार महिनामा आठ जनाको मृत्यु

    भरतपुर,१३ मंसिर । माडी नगरपालिका ९ स्थित रिउ खोला किनारमा बुधबार घाँस काट्न गएका दुई जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्धा छन् । माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारी र सोही ठाउँकी ६० वर्षकी तृष्णाकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…

    Read More
  • नेताका नामका संस्थालाई बजेट

      विराटनगर — प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले…

    Read More
  • भ्रष्टाचारको मुख्य जिम्मेवार दलहरु, सबैभन्दा बढी घुस लेनदेन मालपोत…

    काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ । अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन् ।…

    Read More
  • रक्षक नैं भक्षक:राजधानीमा प्रहरी नै लुटेरा

    काठमाडौं — नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो । यो खबर आजको नयाँ पत्रिकामा छ, महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक…

    Read More
  •  मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसारमा अंकुश लगाउदैं सरकार

      काठमाडौं —सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो । अहिलेकै व्यवस्थामा कार्यकारी आदेश जारी भए उपभोक्ताले परिचयपत्र देखाएर…

    Read More
  • करोडौँको मालिक ८० वर्षिय बृद्ध डंगोललाई आफनैं छोराहरुले घरबाट निकाले ।

    चितवन/ हाम्रो समाज दिनप्रतिदिन स्वार्थी र अमानवियतातिर उन्मुख हुँदैं गईरहेको छ । समाजमा मानिसहरु बढी नै तुच्छ र उपभोक्ताबादी भईरहेका छन् । जुन मानिस जातीको असुहाउदो कुरा हो । आफ्ना वृद्धवृद्धा बा–आमाहरुलाई वृद्धाश्रममा छोड्ने चलन अहिले व्याप्त रहेको छ । काम गर्न नसक्ने अवस्थामा पुगेपछि छोराहरुले वृद्ध बा–आमाहरुलाई वृद्धाश्रमको बाटो देखाउने गरेका छन् । त्यति…

    Read More