भरतपुर महानगरको पहलमा पहिलोपटक ट्राफिक लाईट जडान ।
प्रनिश थापा । चितवन , १४ फागुन । चितवनको नारायणगढस्थित शहीदचोकमा पहिलोपटक ट्राफिक ब्यावस्थापनको लागी ट्राफिक लाईट जडान गरिएको छ । सवारीसाधन र सर्बसाधरणहरुको बाक्लो आवागमन हुने नारायणगढको शहिदचोकमा भरतपुर महानगरपालिकाले ट्राफिक लाईट जडान गरेको हो । जिल्लामै पहिलो पटक जोडिएको यो ट्राफिक लाईट परीक्षण प्रयोगका रुपमा जडान गरिएको भरतपुर महानगरपालिकाका ईन्जीनियर बिराट घिमीरेले बताए ।…
Read More
