३२ अर्ब लगानीमा गाई फार्म खोल्ने

पोखरा/हेटौडा / चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सञ्चालन मुने फार्मबाट दूध तथा दूग्धजन्य पदार्थ, दाना र मल उद्योगसमेत स्थापना गरिनेछ ।

चीनको चाइना एकेडमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस) र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्ने भन्दै विभिन्न प्रदेशमा फार्म सस्ञ्चालन गर्न लागेका हुन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव शरदचन्द्र श्रेष्ठ र सीएएएमएसीका प्रमुख इन्जिनियर वु देछेङले शुक्रबार फार्म सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । यो समाचार आजको कान्तिपुरमा छ।