नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण गरिने

 

काठमाडौँ – नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी मेदेखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि बढाउने सम्झौतामा सहभागी विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए ।

सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जियोलोजिकल सर्भेका तर्फबाट भाइस प्रेसिडेन्ड वाङ् कुनले हस्ताक्षर गरेको हुन् ।

सम्झौता अनुसार दुई महिनापछि काम थाल्ने चिनियाँ टोलीले दैलेख, सुर्खेत, बुटवल, पाल्पा र बराह चतरा क्षेत्रमा विस्तृत अन्वेषण अध्ययन गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।