| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कांग्रेस नेता रामचन्द्रको केपी र प्रचण्डलाई चुनौती

    चितवन, ८ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र माओवादी केन्द्रका नेताले जनतालाई ढाटेको आरोप लगाउदैं कम्युनिजम कस्तो रहेछ हामी पनि हेर्ने छौं भन्दै केपी र प्रचण्डलाई चुनौती दिएका छन् । चितवनको रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले यस्तो चुनौती दिएका…

    Read More
  • अब यातायात समितिको सम्पत्ति स्वतः राष्ट्रियकरण हुने

      ६ वैशाख, काठमाडौं । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि अब उनीहरुको सम्पत्ति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् । मंगलबार मन्त्रिपरिषद बैठकले यातायात समितिहरू नवीकरण नगर्ने निर्णय गरेकाले अब नवीकरण नहुने त्यस्ता समितिहरु स्वतः विघटनमा जानेछन् । यातायात व्यवसायी समितिहरुसँग अहिले…

    Read More
  • भ्रष्टाचार र एकाधिकार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने

    चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका । बुधबा छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र…

    Read More
  • अन्तत : फरार ‘माननीय’ दीपक मनाङ्गे पक्राउ

    ६ वैशाख, काठमाडौं । अन्तत ः फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै मनाङ्गे फरार भएका थिए, उनले…

    Read More
  • दुई बालकको अभिभावकतब जिम्मेवारी लिदै प्रचण्ड 

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गर्नुभएको छ । बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको हो । अध्यक्ष दाहालले यसरी विद्यालय भर्ना गर्नुभएका बालकहरु पत्रुस मुसहर र अरुण माझी…

    Read More
  • बैशाख ९ गते पार्टी एकता असम्भव : प्रचण्ड

      चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते नै पार्टी एकता नहुने बताएका छन् । बुधबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आवश्यक तयारी पुरा नभएकाले बैशाख ९ गते पार्टी एकिकरण हुने सम्भावना टरेको बताउनुभएको हो । गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको…

    Read More
  • नेकपाद्वारा चितवनमा ९ कठ्ठा जग्गा कब्जा

    चितवन  । नेपाल कम्युनिस्ट पार्टी चितवनले यहाँका एक स्थानीयको ९ कठ्ठा जग्गा कब्जा गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेका धननजय पौडेल र रमा पौडेल ९आले०को विवादित ९ गठ्ठा जग्गा बुधबार कब्जामा लिएको घोषणा गरिएको हो । सो पार्टीले उक्त विवादित जग्गा बेचविखन गर्न रोेक लगाएको छ भने उलंघन भए कारबाही गर्ने…

    Read More
  • भारतीय राजदूतावासको कन्सुलर कार्यालयमा बम विस्फोट

    विराटनगर । विराटनगरस्थित भारतीय राजदूतावासको कन्सुलरको कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको छ । बिस्फोटबाट भवनको पर्खालमा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए । सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरीब म विस्फोट गर्राइएको स्थानियले बताएका छन् । मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विस्फोटबाट कुनै…

    Read More
  • क्रान्तिकारी पत्रकार संगठन चितवनको अध्यक्षमा न्यौपाने 

    चितवन, ४ वैशाख । क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको अध्यक्षमा होमनाथ न्यौपाने निर्वाचित भएका छन् । आज मगंलबार भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन् । सम्मेलनमा बोल्दै सो संगठनका केन्द्रीय…

    Read More
  • सासंदलाई मुद्दा लागेमा स्वतः निलम्बन, कारबाही भए नयाँ निर्वाचनः संयोजक पोखरेल

    काठमाडौं,बैशाख ४( प्रतिनिधिसभा नियमवाली बन्ने क्रममा रहेको छ । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको छ । संयोजनक पोखरेलले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागिएको जानकारी दिएका छन् । रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार…

    Read More