क्रान्तिकारी पत्रकार संगठन चितवनको अध्यक्षमा न्यौपाने 

चितवन, ४ वैशाख । क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको अध्यक्षमा होमनाथ न्यौपाने निर्वाचित भएका छन् । आज मगंलबार भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन् ।
सम्मेलनमा बोल्दै सो संगठनका केन्द्रीय कोषाध्यक्ष नवराज ढकालले संगठन विस्तारका लागि आगामी दिनमा नयाँ जोशका साथ काम गर्न नवनिर्वाचित कार्यसमितिलाई निर्देशन गरेका थिए । सो अवसरमा नवनिर्वा्चित अध्यक्ष न्यौपानेले सबैलाई संगठित बनाएर संगठनलाई शसक्त बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए