दुई बालकको अभिभावकतब जिम्मेवारी लिदै प्रचण्ड 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गर्नुभएको छ । बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको हो । अध्यक्ष दाहालले यसरी विद्यालय भर्ना गर्नुभएका बालकहरु पत्रुस मुसहर र अरुण माझी रहेका छन् ।