कांग्रेस नेता रामचन्द्रको केपी र प्रचण्डलाई चुनौती

कम्युनिजम कस्तो रहेछ हामी पनि हेर्ने छौं

चितवन, ८ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र माओवादी केन्द्रका नेताले जनतालाई ढाटेको आरोप लगाउदैं कम्युनिजम कस्तो रहेछ हामी पनि हेर्ने छौं भन्दै केपी र प्रचण्डलाई चुनौती दिएका छन् ।
चितवनको रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले यस्तो चुनौती दिएका हुन् । नेता पौडेलले भने लोकतन्त्रको नाम ,लिएर शासनमा पुग्ने र सत्तामा गएपछि कम्युनिजमको कुरा गर्ने कम्यूनिजमको नाम लिएर सत्तमा जाने अनि लोकतन्त्रको कुरा गर्ने यसरी जनतालाई ढाँटीरहेको आरोप लगाउदैँ जनतालाई नढाटी कम्यूनिजम ल्याएर देखाउन ओली र प्रचण्डलाई चुनौतीपूर्ण आग्रह गरे । उनले के हो केपी र प्रचण्डको कम्युनिजम आफुहरुले पनि एक पटक हेर्न चाहेको व्यंग गरे ।
उनले भने “प्रचण्ड भन्छन् बराबर नभए पार्टी एकता हुदैँन बराबर नहुनु आत्मसमर्पण हो, केपी ओली भन्छ बराबरको हिसाव दिनै सकिन्न ।, त्यो उहाँहरुको मामला हो, उहाँहरु जे गर्नुहुन्छ गर्नुस् हाम्रो शुभकामना छ उहाँहरु मिल्नुस् । तर जनतालाई जे भनेको छ त्यही पुरा गर्नुहोस, । जनतालाई नढाट्नुस् । उनले भने “ कम्यूनिजम त ल्याउने होईन भन्ने मात्र हो कितावी भाषा मात्र हो भने जनतालाई कती ढाट्ने “लोकतन्त्रको नाम लिएर शासनमा जाने शासनमा गएपछि लोकतन्त्रलाई भत्काउने, कम्युनिजमको नाम लिएर शासनमा जाने शासनमा गएपछि कम्युनिजमलाई लत्याउने यसरी जनतालाई ढाट्ने काम कपी ओलीले गर्न पाउँदैनन् अब जनताले बुझ्नुपर्छ उनले भने ।”