बैशाख ९ गते पार्टी एकता असम्भव : प्रचण्ड

सिन्डिकेट प्रथा खारेज भईसकेको छ : गृहमन्त्री

 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते नै पार्टी एकता नहुने बताएका छन् । बुधबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आवश्यक तयारी पुरा नभएकाले बैशाख ९ गते पार्टी एकिकरण हुने सम्भावना टरेको बताउनुभएको हो । गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको प्रतिबेदन माथि हिजोबाट मात्रै गम्भिर छलफल शुरु भएकोो छ । अध्यक्ष प्रचण्डले भन्नुभयो स्( संचारमाध्यममा आएजस्तो चुनाव चिन्ह,सिद्धान्त र पदका विषयमा टुंगो लागेको छैनन् । नयाँ बन्ने पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलन लाई कसरी प्रस्तुत गर्ने,निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो विचमा भोली देखी नै गम्भिर रुपमा छलफल हुने छ । अर्को प्रसंङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीमै निर्णयको सर्वाधिकार भएपनि समन्वय नमिलेकाले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएको बताउनुभयो । संयुक्त सरकार भएकाले आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको प्रचण्डले बताए । प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागी चितवन आउनुभएको हो । चितवनको मेघौली स्थित साझापुर माध्यामिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ ।

सिन्डिकेट प्रथा खारेज भईसकेको छ स् गृहमन्त्री ।
यसैवीच, सोही पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री रामवहादुर थापा बादलले यातायात क्षेत्रको सिन्डिकेट पुनः व्युतिन नसक्ने दावी गर्नुभयो । उहाँले अवरोध गर्ने व्यवसायीका गाडी कव्जारमा लिएर भएपनि जनतालाई सहजता प्रदान गर्ने बताउनुभयो । ”देशका अन्य क्षेत्रमा पनि सिन्डिकेट भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो,यो शुभारम्भ हो क्रमश अन्य क्षेत्रमा पनि जान्छौं ।“सिण्डिकेट अन्त्य गरेर अघि बढ्ने सरकारको योजना रहेको भन्दै अन्य क्षेत्रका सिण्डिकेट पनि छिटै अन्त्य हुने गृहमन्त्री थापाले बताए ।