भारतीय राजदूतावासको कन्सुलर कार्यालयमा बम विस्फोट


विराटनगर । विराटनगरस्थित भारतीय राजदूतावासको कन्सुलरको कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको छ । बिस्फोटबाट भवनको पर्खालमा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए । सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरीब म विस्फोट गर्राइएको स्थानियले बताएका छन् ।
मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । बिस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।
बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने सुरक्षा स्रोतको दावी छ । भारतीय कन्सुलरको कार्यालयलाई ‘नेकपा’ले आफ्नो निशाना राखेको सो पार्टीका नेताहरुले यस अघि नै बताएको थियो । सो कार्यालय हटाउन साना कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका छन् ।
अनुमति विना भारतले १० बर्षअघिदेखि विराटनगरमा रहेको उक्त कार्यालय हटाउन बेलाबेलामा आवाज उठे पनि नेपाल सरकारले उक्त कन्सुलर कार्यालय हटाउन भारतसँग कुनै पहल गरेको देखिदैन् ।
२०६५मा कोशीमा बाढी आउँदा तटबन्ध फुटेर नेपाल र भारत दुवैतिर डुबान भएको थियो े। त्यहिबेला आवागमन सुलभ बनाउने नाममा विराटनगरमा भारतको सम्पर्क कार्यालय खुलेको थियो । स्थिति पूर्ववत भइसक्दा पनि भारतले सो कार्यालय हटाउनुको सटट
अनुमतिविना राखेको सो कार्यालय मार्फत भारतले तराई र पुर्बि नेपालमा अस्थिरता फैंलाउने तथा चिन बिरुद्ध समेत गतिविधी गर्दैं आएको कम्युनिष्ट पार्टीहरुको आरोप छ ।