| 
  • अन्तरराष्ट्यि

    आजबाट सुपथ मूल्य पसल सञ्चालन

    काठमाण्डौँ/आजदेखि सरकारले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका…

    Read More
  • अन्तरराष्ट्यि

    तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    तनहुँ/जिल्लाको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राती करिब साढे १२ बजे डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा ट्रकमा सवारमध्ये ठेगाना नखुलेको अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । सोही ट्रकमा सवार नवलपुर,…

    Read More
  • अन्तरराष्ट्यि

    आज विश्वकर्मा पूजा

    काठमाडौँ/आज विश्वकर्मा पूजा, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आआफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वा तस्वीर वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य…

    Read More
  • अन्तरराष्ट्यि

    आजको मौसम: केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना

    काठमाण्डौ/आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको छ । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी…

    Read More
  • अन्तरराष्ट्यि

    सालकको आखेटोपहार सहित दुईजना पक्राउ

    काठमाण्डौ/संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । २५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा सहित रामेछापको लिखु तामाकोशी गाँउपालिका – ३ का ३८ वर्षीय सोनाम तामाङ र सोही गाउँपालिकाका ३२ वर्षीय ध्यानबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको हो । मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा एक हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७० हजार एक…

    Read More
  • अन्तरराष्ट्यि

    प्रहरीले टिकटक लगाएत मनोरञ्जनका एप चलाउन नपाउने

    ओखलढुङ्गा/प्रहरीलाई टिकटक लगायत मनोरञ्जनका एपमा प्रतिवन्ध लगाइएको छ। सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक…

    Read More
  • अन्तरराष्ट्यि

    तीन दिनसम्म दीपावली गरेर संविधान दिवस मनाउन प्रशासनको अनुरोध

    चितवन/तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौँ संविधान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । प्रशासनले आज (विहिबार) एक सूचना जारी गर्दै संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २, ३ र ४ गते राष्ट्रिय दिवसका रुपमा साँझ घर घरमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो । उक्त तिनै…

    Read More
  • अन्तरराष्ट्यि

    आगामी शनिबारसम्म वर्षाको सम्भावना

    काठमाण्डौ/आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना…

    Read More
  • अन्तरराष्ट्यि

    जीप दुर्घटनामा परि रामेछापमा तीन जनाको मृत्यु

    रामेछाप/जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटना भएको हो जीपमा रहेका चार जनामध्ये तीन जनाको ज्यान गएको र एक जना बालक घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान…

    Read More