पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि

काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा एक हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७० हजार एक सय ७६ पुगेको छ ।

यही अवधिमा एक हजार ६ सय ८९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ४५ हजार दुई सय १५ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ । गएको २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई पुगेको मन्त्रालयले जनाएको छ ।