आजबाट सुपथ मूल्य पसल सञ्चालन

काठमाण्डौँ/आजदेखि सरकारले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।

कम्पनीले काठमाण्डौ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ ।
पसल आजदेखि कात्तिक २४ गतेसम्म सञ्चालन हुने छ ।

सरकारले दसैं तिहार र छठजस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीको मनपरी मूल्यलाई नियन्त्रण गर्न सरकारले दसैं तिहार छठपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरसनमार्फत सुपथ पसल सञ्चालन गर्दै आएको छ ।