तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

तनहुँ/जिल्लाको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राती करिब साढे १२ बजे डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा ट्रकमा सवारमध्ये ठेगाना नखुलेको अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

सोही ट्रकमा सवार नवलपुर, कावासोतीका १४ वर्षीय राजकुमार बिक घाइते भएका छन् । सामान्य घाइते बिकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।