तीन दिनसम्म दीपावली गरेर संविधान दिवस मनाउन प्रशासनको अनुरोध

चितवन/तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौँ संविधान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

प्रशासनले आज (विहिबार) एक सूचना जारी गर्दै संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २, ३ र ४ गते राष्ट्रिय दिवसका रुपमा साँझ घर घरमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो ।
उक्त तिनै दिन जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने चितवन प्रशासनले जनाएको छ ।