Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • देशैभर तीन दिन हल्कादेखि भारी वर्षा हुने

    काठमाडौँ, १२ साउन स् आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको ंहो । आज शनिबार देशभर समान्यदेखि पूर्ण बदली रही…

    Read More
  • संयुक्त जेसिज सप्ताह सोमबारदेखि सुरू हुँदै

    नारायणगढ । नारायणगढ जेसिज र नारायणगढ लेडि जेसिजको संयुक्त आयोजनामा सोमबारदेखि संयुक्त जेसिज सप्ताह सुरू हुँदैछ । संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । जानकी बालिका आश्रम देवघाटधाम र मानव सेवा आश्रम भरतपुरमा खाद्यन्न सहयोग, रत्ननगरस्थित सानो घरलाई नगद तथा खाद्यन्न सहयोग, युवाका लागि…

    Read More
  • साथीकोमा जान भनेर हिडेँकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

    महेन्द्रनगर,१२ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको…

    Read More
  • अन्तत : बदनाम असइ यादव लखटिए

    बारा, १२ साउन । लामो समयदेखि जिल्लामा एकछत्र राज गर्न पल्किएका बाराको मर्टिवाहका असइ नरेश यादव अन्ततः बुधबार लखटिएका छन् । एसपी मिरा चौधरीको संरक्षणमा यादवको मनपरी भन्ने शिर्षकको खबर प्रकाशित भएलगत्तै एसपी चौधरीले जिल्लाका बदनाम असइ यादव लगायत आधा दर्जनभन्दा बढी बदनाम प्रहरीलाई दरबन्दीमा फिर्ता गरेर साहसिक काम देखाएकी हुन् । ईलाका प्रहरी कार्यालय…

    Read More
  • स्वामीजीको ट्रकभित्रै १२ बर्षिय बालिका बलत्कृत

    ११ श्रावण, चितवन÷चितवनमा एउटी १२ वर्षे बालिका बलत्कृत भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ आनन्दमार्ग स्थित अविनाश ह्याचरी प्रा. लि.द्वारा सञ्चालित ट्रकका सह चालक वर्ष २२ का अनिल तामाङले नारायणगढकै बालिकालाई गत श्रावण ७ गते राती जबरजस्ती करणी गरेका हुन् । सह चालक तामाङले बाबु नभएकी ती टुहुरी बालिकालाई शुरुमा ललाई फकाइ गरी…

    Read More
  • चितवनमा नै पहिलोपटक अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर हुने ।

    चितवन , ११ साउन । चितवनमा पहिलो पटक १७ वटा अष्ट्रेलियन युनिर्भसिटिको सहभागीतामा एजुकेशन फेयर हुने भयको छ । ग्लोबल रिच नेपाल चितवन शाखाले अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने भएको हो । ग्लोबल रिच नेपाल चितवन शाखाले यहि साउन १८ गते शुक्रबार होटल गार्डेन रिर्सोटमा फेयर गर्ने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो…

    Read More
  • भारी मात्रमा लागुऔषध सहित राई पक्राउ

    फाईल फोटो १० श्रावण÷चितवन÷ भारी मात्रमा लागुऔषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार राती २ बजे भरतपुर १० बिक्रम मार्ग बाट प्रतिवन्धित लागु औषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष २० को सुवाष राई रहेका छन् । राईको साथबाट प्रहरीले प्रतिवन्धित…

    Read More
  • आन्दोलन उग्र बनेपछि गोली चलाउनुपरेको हो : एसपी राठौर ।

    चितवन , १० साउन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले आन्दोलनले उग्ररूप लिन थालेपछि बाध्य भएर गोली नै चलाउनुपरेको बताउनुभएको छ । उहाँले आन्दोलनकारीलाई पटकपटक सम्झाई र बुझाई गर्दा गराउदा समेत ब्यक्तिको निजी सम्पत्ति माथि तोडफोड एवं आगजनी गर्दै शान्तिसुरक्षामा खल्ल पुर्‍याइ भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकमा रहेको चौकीमाथि नै…

    Read More
  • आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता : तीन पांग्रे चालक

    चितवन , १० साउन । तीन पांग्रे अटोरिक्सा चालकहरुले मंगलबारदेखि सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम बुधबार बेलुकीदेखी फिर्ता लिएका छन्  । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दलका प्रमुखहरुसहित चालकहरुको ट्रेड युनियनको छलफलले ५ बुँदे निर्णय गरेलगत्तै आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरीहर सापकोटाले जानकारी दिनुभयो । बुधबार राती…

    Read More
  • बुधबारको आन्दोलनमा ट्रेड युनियनको काँग्रेसका हात रहेको खुलासा

    चितवन , १० साउन । तनाव हुने गरी चितवनमा भएको बुधबारको आन्दोलनमा नेपाल ट्रेड युनियन काँग्रेसको हात रहेको खुल्नमा आएको छ । चितवन प्रहरीले कांँग्रेस नेतृत्वको नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य लक्ष्मण भट्टराईलगायतका २८ जना मजदुरहरुलाई पक्राउ गरेपछि कांग्रेस निकटकै ट्रेड युनियनको डिजाइनरमा उक्त घट्ना घट्न पुगेको सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका…

    Read More