आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता : तीन पांग्रे चालक

चितवन , १० साउन । तीन पांग्रे अटोरिक्सा चालकहरुले मंगलबारदेखि सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम बुधबार बेलुकीदेखी फिर्ता लिएका छन्  । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दलका प्रमुखहरुसहित चालकहरुको ट्रेड युनियनको छलफलले ५ बुँदे निर्णय गरेलगत्तै आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरीहर सापकोटाले जानकारी दिनुभयो । बुधबार राती अबेरसम्म महानगरमा भएको छलफलका क्रममा बुधबारको घटनाप्रति दुख ब्यक्त गरेका छन् । भने, भरतपुर महानगरपालिकाले निर्धारण गरेको क्रसिंग पोइन्ट अनुसार ३ पांग्रे सवारीसाधन संचालन गर्ने , गोली लागी घाइते भएका गैंडाकोटका महेन्द्र सुनारको महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले समन्वय गरी उपचार गर्ने , र पूर्व निर्धारित रुट आजदेखी नै लागु गर्ने निर्णय समेत गरेको छ । छलफलले उपप्रमुख पार्वती साहको संयोजकत्वमा ५ सदशीय कार्यदल पनि गठन गरेको छ  । जसमा नेपाल ट्रेड युनियन महासंघका गोबिन्द अर्याल , आखिल नेपाल ट्रेड युनियन महासंघका यदुमणी कंडेल र सदस्य सचिब कुल बहादुर जीसी रहेका छन् ३ पांग्रे सवारी ब्यबस्थानपनको लागि कार्यदलले आवश्यकता अनुसार काम गर्ने समेत बताईएको छ ।