भारी मात्रमा लागुऔषध सहित राई पक्राउ


फाईल फोटो
१० श्रावण÷चितवन÷ भारी मात्रमा लागुऔषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार राती २ बजे भरतपुर १० बिक्रम मार्ग बाट प्रतिवन्धित लागु औषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष २० को सुवाष राई रहेका छन् । राईको साथबाट प्रहरीले प्रतिवन्धित लागुऔषध डाईजेपाम १४४ एम्पुल, व्युप्रिनर्फिन १४२ एम्पुल र फेनारगन १४० एम्पुल फेला परेको छ ।
चितवन जिल्लालाई “सुरक्षित र शान्त चितवन “बनाउने उद्देश्यरले जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको विशेष अभियान घक् इउभचबतष्यल (क्भबचअज, क्धभभउ बलम क्अचभभलष्लन) अन्तर्गत प्रहरीले रातको समयमा झोला बोकी हिडिरहको अवस्थामा राईलाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा निजले बोकेको झोलाबाट लागु औषध डाईजेपाम १४४ एम्पुल, व्युप्रिनर्फिन १४२ एम्पुल र फेनारगन १४० एम्पुल फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।
लागु औषध सहित पक्राउ राईलाई लागु औषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेका चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले लागु औषध ओसारपसार, संचय, बिक्रिबितरण लगायतका कार्यहरु गैरकानूनी भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले आ आफ्नो टोल समाजमा समेत लागु औषध ओसारपसार, संचय, बिक्रिबितरण तथा सेवनकर्ताहरु भएको थाहा भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आम सर्बसाधारणमा अपिल गरेको छ ।