अन्तत : बदनाम असइ यादव लखटिए

अन्य खराब प्रवृती भएका बदनाम प्रहरीलाई संरक्षण गर्दै एसपी चौंधरी

बारा, १२ साउन । लामो समयदेखि जिल्लामा एकछत्र राज गर्न पल्किएका बाराको मर्टिवाहका असइ नरेश यादव अन्ततः बुधबार लखटिएका छन् ।

एसपी मिरा चौधरीको संरक्षणमा यादवको मनपरी भन्ने शिर्षकको खबर प्रकाशित भएलगत्तै एसपी चौधरीले जिल्लाका बदनाम असइ यादव लगायत आधा दर्जनभन्दा बढी बदनाम प्रहरीलाई दरबन्दीमा फिर्ता गरेर साहसिक काम देखाएकी हुन् ।

ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा दरबन्दी हुँदा समेत काज मिलाएर त्यहाँ लुट्न पुगेका असइ यादव हवल्दारबाट असइमा बढुवा हुँदा समेत आफ्नु दरबन्दीमा जान मानिरहेका थिएनन् ।

उनको दरबन्दी ईलाका प्रहरी कार्यालय बंकुल रौतहट रहेता पनि शक्ति र भनसुनका आडमा लामो समयदेखि उठन्थे कार्यमा असइ यादव लागिपरिरहेका थिए ।

यसै क्रममा, केही दिन अगाडि समेत हामीले यादवको बारेमा उजागर गरेपछि एसपी चौधरी उनलाई रवाना दिन बाध्य भइन् । असइ यादव एसपी चौधरीका बिश्वासिला घुमुवा प्रहरी हवल्दार वीरेन्द्र यादवको पार्ट्नर हुन् ।

एसपी साब १ अन्यलाई दरबन्दीमा कहिँले फिर्ता पठाउने ?

एसपी मिरा चौधरीले बदनाम प्रहरीलाई भटाभट रवाना दिएर उदाहरणीय कार्य गरेका छन् । यद्यपि, जिल्लाबाट अन्य आधा दर्जनभन्दा बढी बदनाम प्रहरीलाई भने उनले रवाना दिन सकिरहेका छैनन् । उनले रवाना दिन नसक्नेमा प्रहरी जवान राज सिंह पट्टेल देखि सइ सुरेन्द्र चौधरीसम्म रहेका छन् ।

दरबन्दी जहाँ होस् लुट्न पल्किएका उनीहरु कहिले जिल्ला छाड्न मान्दैनन् । मुख्यालयले बर्सेनी ठूलो मात्रामा सरुवा सुची त निकाल्छ तर, उनीहरु त्यसलाई टेर पुच्छर नै लगाउदैनन् । प्रहरी स्रोत भन्छन् स् प्रहरी नियमावली हामी सोझा साझा पावर नहुने प्रहरीका लागी मात्रै हो त ?

नभए पटक पटक बिवादित बनेका प्रहरीलाई दरबन्दीमा फिर्ता नपठाउनु एसपी साबको कमजोर नेतृत्व हो । उनी भन्छन् स् बारामा तस्करहरुको राज चल्न थालेको छ । कारण बदनाम प्रहरी नै मुख्य कारक हो । बाराको खजानी नाकाबाट अहिले मरिचको तस्करी भ्यांकर रूपमा सुरु भएको छ ।

उनले भने, स्थानीय तस्करहरूले खजानी नाकास्थित प्रहरी चौकीका असई लालबाबु राय यादव ९संघीय प्रहरी इकाई कार्यालय जनकपुर० लाई समेत प्रयोग गरी मरिचको लाइन निर्वाध रूपमा खोलेका छन् । एसपी चौधरीले के हेरेर बस्नुभएको छ कुन्नी ?

खजानी नाकाबाट केही महिनायता सुभाष कुशवाह र लालबाबु यादवले मरिचको तस्करी गरिरहेका छन् । तर, नियमक निकाय जिल्लाका प्रमुख एसपी मिरा चौधरी भने रमिते बनेकी छिन् । उनी भन्छन् स् सो नाकाबाट अहिले मरिचदेखि कपडा र अन्य सामानको समेत तस्करी हुँदै आएको छ ।

यसरी तस्करी गर्नेमा सुभाष र लालबाबुका अलावा मुन्ना साह तेली, अरविन्द साह कलवार, मिश्रीलाल साह कलवार, सेनाप्रसाद यादव, विनोद प्रसाद यादव र मुकेशप्रसाद यादव छन् । उनीहरूले खजानी नाकाबाट तस्करी गरी भित्र्याएको सामान कोल्वी, निजगढ, वरियारपुर, कलैया हुँदै गञ्जभवानीपुर र अन्यत्र स्थानसम्म पुर्‍याउने गरेका छन् ।

बिशेषगरी रातीको १२ बजेदेखि ३ बजेसम्मको समयमा स्थानीयले सिमा क्षेत्रका प्रहरी चौकीका प्रहरी समेतलाई मिलाई तस्करहरूले तस्करी गर्दै आइरहेको उनी बताउँछन् । मुसहर्वा नाकाबाट तस्करी गर्ने तस्करमा फैंयाज मियाँँ, सुरेन्द्र शाह, राजकुमार यादव, सुरेन्द्र साह कलवार र रमेश साह छन् ।

रमेश साह भारतीय नागरीक हुन् । उनीहरूले मासिक मोटो रकम दिर्इ रातीको समयमा निर्वाधरूपमा तस्करी गर्दैआएका हुन् । उनलाई एसपी चौधरीले कुन चाहिँ स्वार्थ पूरा गर्न काखी च्यापिन त्यो आश्चर्य भएको उनी बताउँछन् ।

सबैलाई रवाना दिइ दरबन्दीमा फिर्ता पठाउने एसपी साबले यादवलाई चाहिँ किन काखी च्यापे त रु त्यसबापत चौधरीले कमिशन त पाउने गरेकी छैनन् भन्ने शंका समेत उब्जिएको छ ।

लामो समयसम्म एक छत्र राज गर्न पल्किएका प्रहरीलाई दरबन्दीमा फिर्ता गराउन नसक्नु कार्यालय प्रमुखको नियतमाथि शंका उब्जिएको छ । हामीलाई दरबन्दीमा फिर्ता पठाउनु भयो तर, लालबाबु जस्ता धेरै प्रहरी अझै त्यहीँ कार्यारर्त छन् जो, अड्डा जमाउदै बसेका छन् ।

यतिमात्र कहाँ हो र जिल्लाका एसपी चौधरी सुतिसकेपछि प्रहरी जवानद्वय जगमोहन प्रसाद कुर्मी र धिरजप्रसाद कुर्मीले आलोपालो चौधरीको निगरानी गर्ने गरेको समेत उनी खुलासा गर्छन् भने बजारको चोकमा कहिले धिरजप्रसाद त कहिले जगमोहनप्रसाद बसेर जिल्लाको टोलीको निगरानी गर्दै सीमाका चौकीका प्रमुखहरूलाई खबर गरी तस्करीको सेटिङ मिलाउने काम गरिरहेको समेत बताउँछन् ।

उदाहरणस्वरुप गएको श्रावण ३ गते बेलुकी अन्दाजी १७ः३० बजेको समयमा बारा कलैया नगरपालिका वरेवा बजारस्थित रक्सी भट्टीबाट मोटरसाइकलमा गई मोतो रकम घुस लिइ उन्मुक्ति दिएका थिए । नाकामा पठाएका चौकीका प्रमुखदेखि जिल्लाको घुमुवाले समेत एसपी चौधरीलाई गुम्राहमा राखी संगठितरूपमा तस्करी गराउदै आएको उनको भनाइ छ ।

तस्करीको नाकामा पर्ने प्रहरी चौकीमा कस्लाई प्रमुख राख्ने, कसलाई हटाउनेसम्मको अधिकार प्रहरी हवल्दार वीरेन्द्र यादव र तस्करीमा संँलग्न तस्करहरूले गर्छन् भने यसलाई कसरी लिने रु

तस्करीमा अवरोध गरेकै कारण ईलाका प्रहरी कार्यालय कर्वहीका प्रहरी प्रमुख सइ रामाशीष वरहीलाई यो समूहले नै हटाइदिए र त्यहाँ गए प्रहरी हवल्दार अरूण बैठा । त्यस्तै, काभ्रे दरबन्दी भइ गण्डक प्रहरी चौकीका असई मोहन प्रसाद राय, संखुवासभा दरबन्दी भइ कोल्वी प्रहरी चौकीका बदनाम सई सुरेन्द्र चौधरीको समेत असुली धन्दा उत्तिकै छ । उनी समेत दरबन्दीमा जान मान्दैनन् ।

प्रहरी स्रोत भन्छन् स् एसपी साबले असइ राय र सइ चौधरीलाई किन काखी च्यापे रु प्रहरी मुख्यालयले बारम्बार दरबन्दीमा फिर्ता गर्न मातहतलाई निर्देशन त दिन्छन् तर, मातहतका प्रहरी त्यसलाई टेरपुच्छर नै लगाउदैनन् । भने, अहिले हवल्दार वीरेन्द्र यादवले जिल्ला चलाइरहेको समेत उनी ठोकुवा गर्छ ।

उठन्थे गतिविधिदेखि सरुवासम्म गर्नेसम्मको अधिकार हवल्दारको जिम्मामा एसपी चौधरीले छाडेकी हुन् । हैन भने, निजगढमा पठाएका गण्डक प्रहरी चौकीका असइ मोहन रायलाई फेरि गण्डक नै किन पठाइयो त रु हो, जिल्लाले आवश्यकतानुसार जसलाई पनि जहाँ पनि खटाउन सक्छ यसो भन्दैमा एउटा हवल्दारले भनेको आधारमा कहिँले परिवर्तन गर्ने त कहिले जिल्लामा थन्क्याउने त्यसो पनि गर्न दिनु भएन नि ?

अहिले जिल्लामा एसपी त नाममात्रको भएको र सबै अधिकार एसपी चौधरीले हवल्दार यादवलाई नै अधिकार सुम्पेको छ । जस्ले गर्दा उनलाई मननपर्ने प्रहरी कर्मचारी भटाभट लखटिएका छन् । भने, एक जना असइ गोपाल श्रेष्ठ दरबन्दीमा जानु नपरोस् भनेर अहिले बिदामा बसेर नयाँ जुक्ति समेत अपनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका असई गोपाल कुमार श्रेष्ठ समेत दरबन्दीमा जाने पक्षमा देखिनन् । यस अगाडि जिल्ला प्रहरी कार्यालय पर्सामा रहि उठन्थे गतिविधिमा निरन्तर रूपमा सक्रिय भएपछि उनलाई केहि महिनाअघि मात्रै बारा पठाइएको थियो । यद्यपि, अहिले पनि उनी नयाँ दरबन्दीमा जान मानेका छैनन् र मनपरी समेत गर्दैैै आएका छन् ।

उसो त, जिल्लाकै हाकिमलाई समेत थाहै नदिइ चितवन दरबन्दी भएका प्रहरी हवल्दार बिरेन्द्र यादव, सिरहा दरबन्दी भएका प्रहरी जवानद्वय राजसिंह पटेल, हिरा ठाकुर लोहार, जगमोहन प्रसाद कुर्मी, काभ्रे दरबन्दी भएका धिरज प्रसाद पट्टेलले समेत असुली धन्दालार्इ तिव्रता दिदै गएका छन् ।

भने, त्यहाँका बदनाम प्रहरी हवल्दार बिनोद पासवानलाई मुख्यालय तानेपछी अर्का प्रहरी हवल्दार यादवको समेत असुली धन्दा बढेको छ । हवल्दार यादव र प्रहरी जवान पट्टेल साउन ४ गते पैसाको निहुँमा बिवादमा परेका थिए ।

यादवले आज दिनभरीमा कति उठाइस् खै पैसा दे भनेपछि उनले हामीले दुःख गरेको र पैसा तपाईंलाई किन दिने तपाईं आफैं उठाएर लिनुस् भनेपछि त्यहीँको बिषयलार्इ लिएर उनीहरु चर्काचर्कीमा उत्रिएका हुन् । जिल्लाभरकै घुमुवा उनीहरु मात्रै रहेकोले अहिले बाराको इनर्वा, मटिअर्वा, बेल्दारी पर्साको जानकीटोल, मैनपुर, भिखमपुर, भिष्वा, पकाहा लगायतका ठाउँबाट साइकलमा तस्करी भइरहेका छन् ।

विशेष स् प्रहरी हवल्दार वीरेन्द्र यादवले नामुद तस्करीहरु थेना प्रसाद यादव, बिनोद प्रसाद यादव, पप्पु जयसवाल मरिचवाला, राम केशरी प्रसाद साह तेली खैनीवाला, रामचन्द्र प्रसाद यादव, मुन्ना जयसवाल मरिचवालासँग मोटो रकम उठाइ रातको १२ बजेदेखि तीन बजेसम्म निर्वाध रूपमा तस्करी गराउँन्छन् ।

पैसाको डिल गर्न उनले अरुकैै नामको सिम प्रयोग समेत गर्ने गरेका छन् । उनले तीन वटा ऐनसेल र एउटा पोष्टपेड सहित दुई वटा सिम चलाउने र त्यतैबाट मोलमोलाइ गर्ने गरेको तस्करहरुले गुनासो गरेका छन् । एक तस्कर भन्छन् स् मलाई यो नम्बरबाट फोन गरेर हवल्दार यादवले पैसा मागी अनावश्यक दुःख दिने गरेको छ ।

यतिमात्र कहाँ हो र पैसाको डिल आफैं गर्ने अनि सबै तस्करसंँग उठाएको रकम रामकेशरीले हवल्दार यादव समक्ष पुर्‍याउने समेत गर्दैैै आएको ती तस्कर बताउँछन् । तर, जिल्ला हाँक्ने महाशय एसपी चौधरी रमिते बन्ने गर्छन् भने उनीसित आमनागरिकले कस्तो अपेक्षा लिने ?

एसपी चौधरीको कमजोर कमान्डरका कारण जिल्लामा प्रहरीकैै संरक्षणमा तस्करी मौलाएको छ नै हत्याहिंसा जस्तो जघन्य अपराधमा समेत ह्वात्तै वृद्धि भएको छ । आफूलाई सिंगम ठान्ने यिनै एसपी चौधरी आएपछि जिल्लामा बलात्कार, चोरी र हत्याको घट्ना पटक पटक सार्वजनिक हुँदै गएको प्रति सर्वसाधारण आक्रोशित बन्ने गरेको छ । भने, शान्तिसुरक्षा खस्किएको भन्दै दिनहुुँ प्रदर्शन समेत हुँदै आएको छ ।

चौधरी त्यहाँ पुगेपछि अपराध नियन्त्रणमा आउने सबैले अपेक्षा लिएका थिए तर, अवस्था बिस्तारै त्यस्तो रहेन । फितलो सुरक्षाका कारण जघन्य अपराध भएको छ नै अपराधी समात्नुपरेको अवस्थामा ब्युरोको भर पर्नुपर्ने र मुख ताक्नुपर्ने अवस्था आउँछ ?

हुन पनि हो बाराको कलैयामा मिश्रा किशोरीको हत्या होस् या बालक हत्याकाण्ड नै किन नहोस् ती दुबैको घट्नामा को को संलग्न थिए अझै नियन्त्रणबाहिर छ । यद्यपी, बालक हत्याकाण्डमा संलग्न तीन जना ब्युरोको नियन्त्रणमा आइसकेको भएपनि सार्वजनिक भने भएको छैनन् ।

एसपी चौधरीले कार्यभार सम्हालेलगत्तै जिल्लामा अपराधीक गतिविधि घट्नु भन्दा बढ्ने अवस्थामा पुगेको छ । अरुलार्इ गलत र आफूलाई सहि देख्ने परिपाटीले जिल्ला प्रहरी कार्यालय बारा तहसनहस भएको छ । हप्ते असुलीमा प्रहरीकै संरक्षण हुँदा र त्यस्तालाई मोलमोलार्इमा उन्मुक्ति दिईने प्रहरीको परिपाटीले सिंगो संँगठन नै तहसनहस भईरहेको छ ।

स्मरण रहोस् स् एसपी चौधरीले काखी च्यापेकी हवल्दार यादव उनै ब्यक्ति हुन् जो १० बर्षसम्म हेटौंडाको सादा पोशाक खटी असुली कार्यको आरोप खेप्दै आएका थिए ।

तत्पश्चात, तीब्र बिवादका बाबजुद निजलार्इ साबिकको क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका तत्कालीन डिआइजी गणेश केसीले दरबन्दी भएको क्षेत्रमा फिर्ता पठाएकोमा चितवनको गोन्द्राङ्गमा समेत आर्थिक चलखेल गरेपछि तत्कालीन एआइजी केशरीराज घिमिरेले उनलाई रातोमाटे गण मकवानपुर पठाइएको थियो ।

पटक पटक असुली काण्डमा अग्रसर भएका हवल्दार यादवले ब्यापारीहरु लाई खुलेआम धम्काउदै रकम असुले पनि उनलाई कसैले केही गर्न सकेका छैनन् । त्यस्तै, प्रहरीहरुसँगको सेटिङ र सम्मझदारी मा बाराको सिम्रौनगढ नाकाबाट खुलेआम रूपमा तस्करी सुरु भएको छ ।

नेपालबाट भारततर्फ अलैँचीको तस्करी सुरु भएको हो । यसरी तस्करी गर्ने तस्करहरूमा स्थानीय चपुरका सुनील जैसवाल, सिम्रौनगढका मुन्ना कलवार, बंंकुलका प्रमोद गुप्ता र उमेश साह छन् । यी चार तस्करहरूलाई मात्र सो नाकाबाट अलैँचीको ठू्लो मात्रामा तस्करीको लाइन दिइएको छ ।

उता, बाराको अम्लेखगंजमा समेत अशुली आतंक मच्चिएको छ । साउन ७ गते सोमबार राती ९ बजे असइको कमान्डमा एक महिलासहित खटिएको पाँच जना प्रहरीमध्य एक प्रहरी हवल्दार जयमंगल यादवले भैंसी लोड गरेर आउदै गरेको ट्रकसित दुई सयका दरले घुस रकम अशुले ।

त्यहाँ तीनवटा ट्रकलाई हवल्दार यादवले रोके त्यसपछि उनीहरु एक आपसमा खासखुस गरे अनि मोलमोलाइ सुरु भयो र पैसा लिएर उक्त ट्रकलाई उन्मुक्ति दिइयो । एसपी मिरा चौधरीले नेतृत्व सम्हाले पनि जिल्लामा अशुली आतंकमा कुनै सुधार भने आएको पाइदैन ।