संयुक्त जेसिज सप्ताह सोमबारदेखि सुरू हुँदै


नारायणगढ । नारायणगढ जेसिज र नारायणगढ लेडि जेसिजको संयुक्त आयोजनामा सोमबारदेखि संयुक्त जेसिज सप्ताह सुरू हुँदैछ । संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । जानकी बालिका आश्रम देवघाटधाम र मानव सेवा आश्रम भरतपुरमा खाद्यन्न सहयोग, रत्ननगरस्थित सानो घरलाई नगद तथा खाद्यन्न सहयोग, युवाका लागि सकारात्मक सोच र आध्यात्मक विषयक चैतन्य कृष्णद्वारा प्रवचन कार्यक्रम, चितवनमा पर्यटनको संभावनाः युवाको सहभागीता विषयमा पर्यटनविद् विश्व सुवेदीद्वारा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया, माडीको सेरूवामा निःशुल्क स्वास्थ्य शिविर तथा विद्यालयलाई ११ थान पंखा वितरण, ट्राफिक सचेतनाका लागि नारायणगढ पुलचोकमा स्लो स्कुटर रेससँगै समापन गर्ने कार्यक्रम रहेको नारायणगढ लेडि जेसिजकी अध्यक्ष रमा श्रेष्ठले जानकारी दिइन् । उक्त कार्यक्रम नारायणगढ जेसिजका बासुदेव दवाडी र नारायणगढ लेडि जेसिजकी निरू कार्कीको संयोजकत्वमा आयोजना हुन लागेको हो ।