चितवनमा नै पहिलोपटक अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर हुने ।

चितवन , ११ साउन । चितवनमा पहिलो पटक १७ वटा अष्ट्रेलियन युनिर्भसिटिको सहभागीतामा एजुकेशन फेयर हुने भयको छ । ग्लोबल रिच नेपाल चितवन शाखाले अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने भएको हो ।
ग्लोबल रिच नेपाल चितवन शाखाले यहि साउन १८ गते शुक्रबार होटल गार्डेन रिर्सोटमा फेयर गर्ने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो ।फेयरमा १७ वटा अष्ट्रेलियन विश्वविद्यालय तथा २ वटा कलेजहरु सहभागीता रहने पौडेलले बताए । फेयरमा चितवन ,नवलपरासी , मकवानपुर जिल्लाबाट १५ सय भन्दा विद्यार्थीहरु सहभागी हुने आयोजकले अनुमान गरेको छ