Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आर्थिक हिनामिना गरी बेपत्ता मालपोत कार्यालयका लेखा अधिकृत दर्जी अझै सम्पर्कमा आएनन्।

    चितवन , २८ पौष । चितवनको भरतपुरस्थित मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जी आर्थिक हिनामिना गरेर बेपत्ता भएका छन् । उनी अझैं सम्पर्कमा नआएको मालपोत कार्यालयका प्रमुख एवम् प्रमुख मालपोत अधिकृत लालकृष्ण शर्मा पौडेलले बताए । उनका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जीले एक करोड ७३ लाख रूपैयाँ लिएर गएको…

    Read More
  • चितवन महोत्सव आजदेखी सुरु हुँदै , प्रचण्डले उद्घाटन गर्ने ।

    प्रनिश थापा , चितवन , २५ पौष । १२ औं संस्करणको चितवन महोत्सव आजदेखी सुरु हुँदै छ । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल प्रचण्डबाट हुनेछ । महोत्सव उद्घाटनअघि निकालिने शोभायात्राले नारायणगढ बजार परिक्रमा गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक…

    Read More
  • चितवन महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा,पुर्ब प्रम प्रचण्डले आज ११ बजे उदघाटन गर्दै ।

    सुर्य बराल / चितवन / पौंष २५ / चितवनको गौंरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०७५ को तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको १२ औं संस्करणको तयारी पुरा भएको आयोजक उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिएका छन् । प्रदर्शनी स्थल…

    Read More
  • पैसा निकालेपछि सर्वोच्चको गज्जबको आदेशः सुमार्गीको खाता रोक्नू

      काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब…

    Read More
  • त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

      काठमाडौँ २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ । भएको सम्पत्ति जोगाउनु साटो झनझन चुँडेर सकिँदैछ । यसमा सघाएका छन् – विभिन्न समयमा…

    Read More
  • जाडोले बिरामी हुँदै उपत्यकाका प्रहरी, वैशाखमा ज्याकेट आउने

      काठमाडौं । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ । समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि…

    Read More
  • नेकपा अध्यक्ष प्रचण्ड आज र भोली दिनभर चितवनका विभिन्न कार्यक्रममा ब्यस्त रहने ।

    सुर्य बराल /पौष २४/चितवन / सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउनुभएको छ । चितवनमा हुने विभिन्न कार्यक्रममा आतिथ्ताको लागी उहा चितवन आउनुभएको हो । प्रचण्डले अहिले राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनामा चितवनको भरतपुरमा भईरहेको पुर्न्निर्माण बिषयक छलफल कार्यक्रममा सहभागिता जनाउने हुनुहुन्छ । त्यस्तै आजै दिउसो उहाँले…

    Read More
  • चितवनको नारायणी बिद्यामन्दिरलाइ पाकिस्तानी राजदुतावासको सहयोग ।

    प्रनिश थापा , चितवन । नेपालका लागि पाकिस्तानी राजदूतावासले यहाँको एक विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई आज एक समारोहकाबीच ति सामग्री हस्तान्तरण गरिएको हो । नेपालका लागि पाकिस्तानी राजदूत डा। मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज…

    Read More
  • चितवन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा

    प्रमिता ढकाल /पुस २४/भरतपुर १२ औं चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवकालागि प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । निकै आकर्षक साजसजावटसहित तयार भइरहेको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९०…

    Read More
  • अन्ततः प्रचण्डले नै उद्घाटन गर्ने भए चितवन महोत्सव २०७५

    भरतपुर ÷१२ औं चितवन महोत्सवको समुद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्री आउन नसक्ने भएपछि महोत्सवको समुद्घाटन कार्यतालिका फेरिएको छ । चितवन महोत्सव २०७५ को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएकाछन् । यस अघि चितवन महोत्सव २०७५ को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

    Read More