नेकपा अध्यक्ष प्रचण्ड आज र भोली दिनभर चितवनका विभिन्न कार्यक्रममा ब्यस्त रहने ।

सुर्य बराल /पौष २४/चितवन / सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउनुभएको छ । चितवनमा हुने विभिन्न कार्यक्रममा आतिथ्ताको लागी उहा चितवन आउनुभएको हो ।
प्रचण्डले अहिले राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनामा चितवनको भरतपुरमा भईरहेको पुर्न्निर्माण बिषयक छलफल कार्यक्रममा सहभागिता जनाउने हुनुहुन्छ ।
त्यस्तै आजै दिउसो उहाँले किरण अमरजङ्ग गुरुङ मा.बि. गर्ने कार्यक्रम रहेको छ । प्रचण्डले भोली बुधबार १२ औं चितवन महोत्सव २०७५ को उद्घाटन गरि राजधानी फर्किने कार्यक्रम रहेको उहाँको सभिवालयले जनाएको छ ।