चितवन महोत्सव आजदेखी सुरु हुँदै , प्रचण्डले उद्घाटन गर्ने ।

प्रनिश थापा , चितवन , २५ पौष । १२ औं संस्करणको चितवन महोत्सव आजदेखी सुरु हुँदै छ । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल प्रचण्डबाट हुनेछ । महोत्सव उद्घाटनअघि निकालिने शोभायात्राले नारायणगढ बजार परिक्रमा गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक सहन प्रधानले बताए । आर्थिक समिति संयोजक कल्याण जोशीले महोत्सवमा बचत हुन आउने ५६ लाख रूपैयाँ नारायणीकिनारको प्रदर्शनीस्थलको विकासका लागि खर्च गरिने बताए । महोत्सव प्रवद्र्धन समिति संयोजक सुमन श्रेष्ठले महोत्सवमा आउनेहरुलाई चितवनमा बस्न कुनै समस्या नहुने बताए । यता, महोत्वसवका सहआयोजक भरतपुर महानगरपालिका ले महोत्सव आयोजक उद्योग वाणिज्य संघ–चितवन लाई आवश्यक कर तिर्न आग्रह गरेको छ । महोत्सव उद्घाटन हुनुभन्दा एक दिनअघि पत्र पठाउँदै तिर्नुपर्ने कर तिरेर सञ्चालन गर्नका लागि पत्र काटिएको हो । महानगरको आर्थिक ऐनअनुसार नै आर्थिक हिसाब किताब क्लियर गर्नका लागि पत्र पठाइएको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृृत नेत्रप्रसाद सुवेदीले बताए । नारायणीकिनार भरतपुर महानगरको क्षेत्र भएकाले त्यस स्थानलाई प्रयोग गरेबापत् लाग्ने दस्तुर, महोत्सवमा हुने मनोरञ्जनबापत्को कर तिर्नका लागि आग्रह गरिएको उनले बताए । सहआयोजक भएको नाताले निकै नरम भएर पत्र काटिएको उनले बताए । जग्गा भोग गरेबापत् दैनिक १ लाख रूपैयाँ तिर्नका लागि पत्रमा भनिएको छ । महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनबाट मात्र स्वीकृति लिएर हुन्न, आर्थिक पक्ष पनि भएकाले यसमा महानगर सचेत छ ।
ब्ततबअजmभलतक बचभब