Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनको नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्यो, एक घाइते, तीन बेपत्ता

    चितवन/नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्दा तिन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति पौने २ बजेतिर इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट अनियन्त्रित त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ,गिरोहका नाईके बारेअझै थप अनुसन्धान हुँदै।

    चितवन/चितवन प्रहरीले जिल्लामा दिन दहाडै मोटरसाईकल चोरी गर्ने एउटा खुंखार गिरोहलाई पक्राउ गर्न सफल भएको छ। जिल्लामा दैनिक जसो मोटरसाईकिल चोरीको घटना बढ्ने र चोरीका मोटरसाईकल नपाईने क्रम बढेपछि गत महिनाको पहिलो हप्तादेखी एसपी ओमप्रसाद अधिकारीकै नेतृत्वमा संचालित सुश्म अनुसन्धान र अप्रेशनको क्रममा यी खुंखार गिरोह पक्राउ गर्न चितवन प्रहरी सफल भएको हो। एक महिना…

    Read More
  • अपराध/दुर्घटना

    तास खेलिरहेको अवस्थामा १८ लाख ७५ हजार रुपैयाँसहित १३ जना पक्राउ

    काठमाण्डौ /तास खेलिरहेको अवस्थामा काठमाण्डौबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँसहित १३ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई गएराति साढे १२ बजे पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । स्थानीय कमल दाहालको घरमा तास…

    Read More
  • अपराध/दुर्घटना

    लायन्सचोकको खाजा घरभित्र यौन धन्दा, ग्राहक सहित तीन जना पक्राउ

    चितवन/मानव बेचबिखन मुद्दामा संलग्न भएको आरोपमा नारायणगढबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङ रहेका छन् । त्यस्तै होटलमा ग्राहक बनी गएका बारा जिल्लाको बारागढी गाउँपालिका–६ सिहसनी बस्ने २८ वर्षीय राजेश चौधरी गरी तीन जना पक्राउ परेका…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एक जना पक्राउ

    चितवन/भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जनालाई पक्राउ गरिएको छ । अपहरणका योजनामा अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न राजेन्द्र पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । उनलाई पुनरावेदन अदालत, हेटौंडा इजलासले ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गर्ने गोरखाकी एक महिला पक्राउ

    गोरखा/आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गर्ने गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेका छ । जिल्लाको गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोमबार बेलुकीको खाना खाएर सुतेका आइतबहादुर मंगलबार बिहान ओछ्यानमै मृत भेटिए पछि…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु

    गुल्मी/पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गए राति गएको पहिरो परि रेसुंगा नगरपालिका–८ तम्घास थुम्का लाइनका तिलक परियारको तिन छोरीको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा एउटै कोठामा सुतेरहेका छोरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको रहेको प्रहरीले जनाएको छ। पहिरो हटाएर शव निकालिएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    पूर्वि नवलपरासीबाट लागुऔषधसहित ३ जना पक्राउ

    नवलपरासी/गैँडाकोटबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीन जनालाई गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट विहान चारबजे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का…

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर एक जनाको मृत्यु

    दाङ/ करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दङ्गीशरण गाउँपालिका–७ बुटनियाकी २२ वर्षीया युवती प्रमिला चौधरी करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    अधिकारीमाथिको आरोप बदनियतपूर्ण : वडा कार्यलय

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीमाथि लागेको भष्ट्रचारको आरोप झुटो भएको वडा कार्यालय र कांग्रेसले खण्डन गरेको छ । २१ नम्बर वडा कार्यालय र नेपाली कांग्रेस वडा समितिले वडा अध्यक्ष अधिकारीमाथि लागेको आरोप झुटो भएको भन्दै खण्डन गरेको हो । भरतपुर २१ नम्बर वडा कार्यालयले शुक्रबार एक विज्ञप्ति प्रेषित गर्दै वडास्तरीय योजना…

    Read More