आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गर्ने गोरखाकी एक महिला पक्राउ

गोरखा/आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गर्ने गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेका छ । जिल्लाको गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सोमबार बेलुकीको खाना खाएर सुतेका आइतबहादुर मंगलबार बिहान ओछ्यानमै मृत भेटिए पछि प्रहरीले अनुसन्धानका लागी माइलीलाई नियन्त्रणमा लिएको थियो । माइलीले सोमबार राती नै घाँटी थिचेर श्रीमानको हत्या गरेको स्रोतको भनाई छ ।
प्रारम्भिक बयानका क्रममा माइलीले आफ्नो चरित्रमाथी शंका गर्ने र रक्सी खाएर कुटपिट गर्ने गरेकाले श्रीमानको हत्या गरेको स्वीकार गरेकी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आवश्यक प्रक्रिया पूरा गरी घटनाको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।