चितवनमा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ,गिरोहका नाईके बारेअझै थप अनुसन्धान हुँदै।

चितवन/चितवन प्रहरीले जिल्लामा दिन दहाडै मोटरसाईकल चोरी गर्ने एउटा खुंखार गिरोहलाई पक्राउ गर्न सफल भएको छ। जिल्लामा दैनिक जसो मोटरसाईकिल चोरीको घटना बढ्ने र चोरीका मोटरसाईकल नपाईने क्रम बढेपछि गत महिनाको पहिलो हप्तादेखी एसपी ओमप्रसाद अधिकारीकै नेतृत्वमा संचालित सुश्म अनुसन्धान र अप्रेशनको क्रममा यी खुंखार गिरोह पक्राउ गर्न चितवन प्रहरी सफल भएको हो।

एक महिना अगाडी ‘अप्रेशन माईक चार्ली’ नामाकरण गरि थालेको सो सूक्ष्म अनुसन्धानले जिल्लामा मोटरसाईकल चोरी गर्ने ठुलो गिहिरोलाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

आज जिल्ला प्रहरी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शुरुमा त सामन्य जस्तो लागेको यो घटना लहरो तान्दा त यहाँ पहरो नै झरेको एसपी अधिकारीले बताए ।

अप्रेशन माईक चार्लीकै क्रममा आज चितवन जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका ११ जना जिल्ला भित्र विभिन्न समयमा मोटरसाइकल चोरी तथा खरिदमा संलग्न रहदै आएका गिरोह नै रहेको एसपी अधिकारीले जानकारी दिए । चितवन प्रहरीले चोरीका मोटरसाईकल सहित चोरीमा संलग्न रहेको आरोपमा हाल सम्म एक महिनाको अवधिमा १६ जना पक्राउ गरेको बताएको छ ।
चितवन प्रहरीले मोटरसाइकल चोरीको गिरोह पक्राउ गर्न अप्रेशन माईक चार्ली ल्याए देखि एक महिनाको अवधिमा विभिन्न समयमा चोरीका मोटरसाइकल सहित १६ जना पक्राउ गर्न सफल भएको आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गर्दै चितवन प्रहरीका एसपी ओम अधिकारीले जानकारी दिए ।

चितवन प्रहरीको अनुसार मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका ११ भोजाड बस्ने अनिश श्रेष्ठ, अशोक कुमाल तथा चोरीको मोटरसाइकल वर्कशपमा ल्याइ राखेको आरोपमा भरतपुर महानगरपालिका चौबिसकोठीको न्यू आरपी मोटरसाइकल वर्कशपका सञ्चालक अरुण कंडेलसहित चोरीको मोटरसाइकल किन्ने खैरहनी नगरपालिका ६ चैनपुर बस्ने सरोज खतिवडा, भरतपुर महानगरपालिका १९ बस्ने टेजन पुन लगायत अन्यलाई समेत पक्राउ गरिएको बताएको छ ।
भरतपुर २१ का टेजन पुनले भरतपुरको चौबिस कोठीमा सञ्चालन गर्दै आएको न्यू आर टी मोटरसाइकल वर्कसप बाट चोरीका अधिकांश मोटरसाइकल किनबेच हुने गरेको अनुसन्धानमा भेटिएको एसपी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार चोरीको मोटरसाइकल किन्ने भरतपुर महानगरपालिका बस्ने २८ बर्षका रविन गुरुङ सहित चोरीमा संलग्न रहेको आरोपमा बाराका ३४ बर्षिया सुनिल चौधरी, २८ बर्षिया लक्की चौधरी र सोही ठाउँ बस्ने ३१ बर्षका राजदेव चौधरीलाइ पक्राउ गर्‍यो । पक्राउ परेका गुरुङको बयानका आधारमा प्रहरीले राजदेव चौधरीलाइ आइतबार राती १० बजेको समयमा लायन्सचोकस्थित एक होटलबाट यौनकार्य गरिरहेको अवस्थामा पक्राउ गर्‍यो ।

चितवन प्रहरीको अनुसार राजदेवलाइ प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि उनका सहयोगी सुनिल र लक्कीलाइ भने प्रहरीले मंगलबार बिहान १० बजे मात्रै भरतपुरस्थित पारसबसपार्कबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रत्यक्ष चोरी कार्यमा सम्लग्न चोरहरुलाई पक्रिन सफल चितवन प्रहरीले चोरीपैठारी गर्ने गिरोहका नाईके र सो गिरोहलाई संरक्षण गर्नेहरुलाई भने पक्राउ गर्न सकेको छैन।उनिहरु बारे समेत अनुसन्धान भैरहेको एसपी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए पनि तिनीहरु को हुन भन्ने बारे केही बताएनन्।