Breaking News
 | 
  • मेहनत किसानको, नाफा बिचौलियालाई

    बारीमा लगाएको बन्दा नबिकेपछि डोजर लगाएर नष्ट गर्दै चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान । तस्बिर सौजन्य : केदार शर्मा बुधबार, १६ माघ / काठमाडौं – मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको…

    Read More
  • सुमार्गीको रकम जसरी भए पनिु फिर्ता गराउन अर्को निर्देशन

    माघ १६, काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको पैसा जसरी भए पनि फिर्ता गराउन तीन वटा वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकलाई मंगलबार केन्द्रीय कार्यालय बालुवाटारमा बोलाएर राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । ‘उचित विकल्प खोजेर पैसा फिर्ता गर्न मौखिक निर्देशन दिएका छौं,’ स्रोतले भन्यो, ‘बैंकहरूले…

    Read More
  • सुशासन कहाँ सुध्रियो, कहाँ खस्कियो ?

    माघ १६, काठमाडौँ — नेपालमा सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता जवाफदेहिता र भ्रष्टाचार, सेवाका लागि दिनुपर्ने घूस, सरकार न्यायालय र संसदका प्रतिनिधिले गर्ने पदको दुरुपयोग, व्यापाररव्यवसायमा भ्रष्टाचार, राजनीतिक क्षेत्रमा जवाफदेहिता जस्ता विषयमा सर्वेक्षणलाई आधार बनाइएको थियो । सार्वजनिक क्षेत्रको कामकारबाहीको निगरानीको स्थिति विश्लेषण गर्ने विश्व बैंकले ७ वर्षदेखि नेपाललाई ३५ अंक दिइरहेको छ ।…

    Read More
  • चितवनको भण्डारामा एक महिलाको हत्या

    सुर्य बराल / चितवन,माघ १५ / चितवनको भण्डारामा गएराती एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभार बस्ने ५० बर्षिय रुपा थापाको सोमबार राती हत्या भएको हो । घरमा एक्लै भएको अवस्थामा उहाँको हतियार प्रयोग गरेर हत्या गरिएको स्थानियले जानकारी दिएका छन् । विहान अवेरसम्म घरबाट बाहिर ननिस्केपछि स्थानियले ढोका खोलेर…

    Read More
  • कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

      काठमाडौं / एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उर्भि । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट…

    Read More
  • स्वाइनफ्लु जस्ता रोगबाट मृत्युभएको खबर सरकारले लुकाएको खुलासा

      माघ १३, काठमाडौं । भगवती तिमल्सिना, अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले नेपाल समाचारपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा सन्…

    Read More
  • प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन

      काठमाडौँ – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरित रहेको पाइएकोे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात ‘वार रुम’…

    Read More
  • बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

    काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको…

    Read More
  • बाहिर खाजाघरको नाम, भित्र यौनधन्दा : परे दुईजना प्रहरी फन्दामा

      काठमाडौं । पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा यौनधन्दा पनि हुने गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पत्ता लगाएको छ । यो सँगै दुई जनालाई प्रहरीले नियन्त्रणमा…

    Read More
  • वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अब अख्यियारले गर्ने

    काठमाडौं,माघ ११/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ । ‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ,’ अनुसन्धान अधिकृतहरुसमेत तोकेर…

    Read More