सुशासन कहाँ सुध्रियो, कहाँ खस्कियो ?


माघ १६, काठमाडौँ — नेपालमा सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता जवाफदेहिता र भ्रष्टाचार, सेवाका लागि दिनुपर्ने घूस, सरकार न्यायालय र संसदका प्रतिनिधिले गर्ने पदको दुरुपयोग, व्यापाररव्यवसायमा भ्रष्टाचार, राजनीतिक क्षेत्रमा जवाफदेहिता जस्ता विषयमा सर्वेक्षणलाई आधार बनाइएको थियो ।

सार्वजनिक क्षेत्रको कामकारबाहीको निगरानीको स्थिति विश्लेषण गर्ने विश्व बैंकले ७ वर्षदेखि नेपाललाई ३५ अंक दिइरहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपालको सूचकांक तयार पार्न लिइएका ६ वटा आधारमध्ये वल्र्ड इकोनोमिक फोरमको स्कोर गतवर्षको तुलनामा यसपालि केही खस्किएको छ । गतवर्ष ३४ अंक पाएको नेपालले यस पटक ३३ अंक पाएको छ । उक्त संस्थाले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायका लागि दिनुपर्ने घूसका विषयवस्तुको सर्वेक्षण गर्छ ।

व्यापार, व्यवसाय, आयात निर्यातमा भ्रष्टाचारको अवस्था मूल्यांकन गर्ने ग्लोबन इनसाइटले यस पटक गतवर्ष झैं ३५ अंक दिएको छ । सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थिति मापन गर्ने बर्टेल्सम्यान फाउन्डेसनले पनि गतवर्ष झैं २५ अंक दिएको छ । सरकार, न्यायालय, संसद् र सुरक्षा निकायको प्रतिनिधिले निजी स्वार्थका लागि पदको दुरुपयोग गरेको अवस्थाको मापदन गर्ने वल्र्ड जस्टिस प्रोजेक्टले ३२ अंक दिएको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट ९भीडीईएम० ले राजनीतिक भ्रष्टाचारको मापन गर्छ, जसअनुसार नेपालले गतवर्ष झैं २५ स्कोर गरेको छ । समग्रमा गतवर्षको तुलनामा नेपालले उही अंक पाएपछि एउटामा स्कोर केही कम गरेको हो । टीआईले ४ वर्षभन्दा कम अंकको सुधारलाई गणनायोग्य मान्दैन ।

नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा बंगलादेश र अफगानिस्तानबाहेक मुलुकभन्दा राम्रो छ । अस्थिर राजनीतिक अवस्था र सैनिक हस्तक्षेप भोगेको पाकिस्तानको भन्दा नेपालको स्कोर २ अंकले मात्रै बढी छ । सूचकांकअनुसार भुटान ६८, भारत ४१, श्रीलंका ३८, पाकिस्तान ३३ र माल्दिभ्स ३१ पाएका छन् ।

बंगलादेशले २६ र अफगानिस्तानले १६ अंक पाएका छन् । १०० पूर्णांक मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरू भ्रष्टाचारग्रस्त मानिन्छन् । ८८ अंकका साथ डेनमार्क पहिलो स्थानमा छ । ८७ अंकसहित न्युजिल्यान्ड दोस्रो स्थानमा छ । ८५ अंकका साथ फिनल्यान्ड, सिंगापुर, स्विडेन, स्विट्जरल्यान्ड तेस्रो स्थानमा छन् । १८० औं स्थानमा रहेको सोमालियाले १० अंक पाएको छ । यस पटक १८० मुलुकमा सर्वेक्षण गरिएको थियो । कान्तिपुरबाट