Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • डेजाभु क्लबका तत्कालीन अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी

      काठमाडौं / दरबारमार्गस्थित देजाभु डिस्कोका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठ साढे तीन करोड रुपैयाँ ठगी गरेर बेपत्ता भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरीले उनीविरुद्ध ‘डिफ्यूजन नोटिस’ गरेकोे हो । आफू ठगिएको भन्दै विश्वराज श्रेष्ठले मनोजविरुद्ध उजुरी गरेपछि प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरेको थियो । हङकङमा लुकिछिपी बसेको खुलेपछि…

    Read More
  • शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा अन्तरक्रिया सम्पन्न 

    शंकर निर्देश / फाल्गुन १९/ भरतपुर /महाशिवरात्रीको पूर्व सन्ध्यामा भगवान् शिवको महिमा तथा दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा शनिबार भरतपुरमा अन्तरक्रिया गरिएको छ । नेपाल दशनामी समाज जिल्ला कार्य समिति चितवनले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More
  • अपराध/दुर्घटना

    सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन, सम्बन्धीत निकाय किन मौन ?

    फागुन १८, काठमाडौं ।  देशभर सार्वजनिक जग्गा अतिक्रमण बढिरहँदा त्यस सम्बन्धमा सरकारी निकाय भने बेखबर छ । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा यसबारे सरकार नै बेखबर रहनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  स्रोतका अनुसार पहाडी क्षेत्रमा हजारौं रोपनी र तराई क्षेत्रमा लाखौं बिघा सरकारी जग्गा अतिक्रमणको चपेटामा छ । तर, त्यसरी अतिक्रमित जग्गाको खोजतलासमा सरकारले सक्रियता…

    Read More
  • मुख्य समाचार

    ११६ वर्षे इतिहास बोकेको सिंहदरबारको स्वरूप फेरिदै

      काठमाडौं / सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र…

    Read More
  • मन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ

    पोखरा । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको आज शुक्रबार अन्त्येष्टि गरिएको छ । मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा राजकीय सम्मानका साथ गरिएको हो । उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको…

    Read More
  • चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधन

    चितवन,फागुन १७/ चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन भएको छ। अर्यालको आज मध्यान्न भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समय देखि अस्वस्थ रहनुभएका उहाँको भरतपुर अस्पतालमा राखिएको थियो। उहाँ रक्तचापको बिरामी हुुनुहन्थ्यो । अर्यालको आजै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।

    Read More
  • चितवनमा अटो गार्डेन प्रालि सञ्चालनमा आउँदै ।

    चितवन , १६ फागुन । चितवनको भरतपुर महानगरपालिका १२, मिलनचोकमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने गरी अटो गार्डेन प्रालि सञ्चालनमा आउने भएको छ । झन्डै पाँच करोड रूपैयाँ लगानीमा खुल्न लागेको उक्त गार्डेनको ७० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक विनय झाले बताए । चार महिनाअघि भौतिक कार्यको थालनी भएको गार्डेन सञ्चालनमा आएपछि…

    Read More
  • सार्वजनिक जग्गा अतिक्रमण गरी निजी मेघापार्क

    सुर्य बराल । नवलपरासी १६ फागुण । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं। १ र १७ मा रहेको जग्गामा मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको महिनौं भईसक्दापनि अझै नगरपालिका कुनै प्रभावकारी कार्बाहीमा जान सकेको छैन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि भवन तथा टहरा निर्माण गरेको महिनौ बिति सक्दा पनि देवचुली…

    Read More
  • शेर्पा परिवारमा दुर्घटनामाथि थप दुर्घटना ,दुर्घटनाको शिकार बन्यो आङछिरिङको परिवार

    काठमाडौं । दोस्रो घुन्साको रुपमा ताप्लेजुङमै बुधबार हेलिकप्टर दुर्घटनामा परी व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको मृत्यु भयो। शेर्पाको परिवारमा भएको यो तेस्रो दुर्घटना हो। २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख…

    Read More
  • चितवन अदालतमा ५१ प्रतिशत मुद्दा फछ्र्यौट ।

    चितवन , १६ फागुन । जिल्ला अदालत चितवनले चालू आवको हालसम्म ५१ प्रतिशत मुद्दाको किनारा लगाएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को फागुन १० गते सम्ममा अदालतले एक हजार ३९४ वटा मुद्दा फछ्र्योट गरेको हो । अदालतमा गत आव २०७४/७५ र यस आव २०७५/७६ को गरी जम्मा दुई हजार ७२२ वटा मुद्दा दर्ता भएका…

    Read More