चितवनमा अटो गार्डेन प्रालि सञ्चालनमा आउँदै ।

चितवन , १६ फागुन । चितवनको भरतपुर महानगरपालिका १२, मिलनचोकमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने गरी अटो गार्डेन प्रालि सञ्चालनमा आउने भएको छ । झन्डै पाँच करोड रूपैयाँ लगानीमा खुल्न लागेको उक्त गार्डेनको ७० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक विनय झाले बताए । चार महिनाअघि भौतिक कार्यको थालनी भएको गार्डेन सञ्चालनमा आएपछि अटोमेटिक मेसिनमार्फत प्युरीफाई पानीद्वारा वास गर्ने, अत्याधुनिक प्रविधि मार्फत सर्भिसिङ, डेन्टपेन्ट, थ्रीडी प्रविधिद्वारा ह्वील अलाइमेन्ट, ह्वील ब्यालेन्सर, नाइट्रोजन फिलिङ, टायर चेन्जर लगायतका काम गरिने छ ।