सार्वजनिक जग्गा अतिक्रमण गरी निजी मेघापार्क

स्थानिय सरकार औपचारिक्ता पुरा गर्नमा मात्रै सिमीत


सुर्य बराल । नवलपरासी १६ फागुण । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं। १ र १७ मा रहेको जग्गामा मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको महिनौं भईसक्दापनि अझै नगरपालिका कुनै प्रभावकारी कार्बाहीमा जान सकेको छैन् ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि भवन तथा टहरा निर्माण गरेको महिनौ बिति सक्दा पनि देवचुली नगरपालिकाले अबैध रुपमा निर्माण गरेका ति संरचना खाली गराउन नसकेको हो । स्थानीयले पटक पटक अख्तियार र प्रशासन लगाएतका निकायमा उजुरी गरेपनि नगरपालिकाले जग्गा अतिक्रमणकारी सिद्धकुमार श्रेष्ठलाई अझै हटाउन सकेको छैन् । करिब अढाई बर्ष अघिदेखि सञ्चालनमा आएको उक्त पार्क तथा रिर्सोटले १२ बिगाहाको हाराहारीमा सार्बजनिक जमिन हडपेर नक्सापास समेत नगरी अबैध रुपमा भवन बनाएको भएपनि नगरपालिका सामान्य पत्र काटदै औपचारिक्ता पुरा गर्दै बसेको हो । मेघापार्क भित्र पिक्निक स्पोर्ट, बालबालिका खेल्ने घुम्ने सहितको उक्त क्षेत्र सार्वजनिक जग्गामा बनेको भन्दै स्थानीयले चर्को बिरोध गरिरहेको र यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समाचार प्रकाशन भईरहेपनि नगरपालिकाले पत्र काट्ने भन्दा अरु केही गर्न नसकेपछी स्थानियको शंका नगरपालिकाका जनप्रतिनीधी र उच्च तहका कर्मचारीहरु तर्फ सोझिएको छ । उसो त सिजी अगाडीका निमुखाहरुलाई धम्क्याउदै ठाँउ खाली गराउने नगरपालिकले सिद्धकुमार श्रेष्ठलाई किन हटाउन सकिरहेको छैन भन्ने आशंका जन्मनुपनि स्वभाविक नै देखिन्छ ।
यता, गत् मंगलबार देबचुली नगरपालिकाले कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठले मेघापार्कले सार्बजनिक जमिन अतिक्रमण गरेको बिषयमा आफुहरुले अतिक्रमणकारीलाई सार्बजनिक जमिनमा कुनैपनि संरचना नबनाउन पत्रचार गरिसकेको र आफुहरुले मेघापार्क सञ्चालकबाट कुनै लाभ नलिएको स्पष्टोक्ती दिए । नगरपालिकाले भौतिक संरचना निर्माणमा रोक लगाएको भए पनि मेघापार्कले अहिले सम्म अटेर गरेर निर्माण काम अगाडी बढाइरहेको गुनासो गर्दै उनले यस बिषयमा प्रशासनमा समेत पत्र दिईसकेको जानकारी दिए ।
नगरपालिकाले भण्डाफोर अभियान पत्रिकामा आएका समाचारको बिषयमा खण्डन गर्ने उध्येश्यले पत्रकार सम्मेलन राखेको भएपनि एउटा नारायण्गढको अरबपति आई ब्यबसाय गर्ने बाहानामा अढाई बर्ष अघिदेखि दशौं बिगाहा सार्बजनिक जमिन हडपेको बिषयमा नगरपालिकाले किन चासो नदिएको भन्दैं प्रश्नको बर्षा गर्न थालेपछी नगरपालिकका पदाधिकारी नाजवाफ बनेको एक उक्त पत्रकार सम्मेलनमा उपस्थित एक पत्रकारले जानकारी दिए । यसरी एउटा अरबपतिद्वारा भएको अतिक्रमण र नगरपालिकाभित्रको अनियमितता र बेथितीबारे हामी आगामी दिनमा थप खोजी गर्ने छौं । त्यो सार्बजनिक जमिन कुनैपनि हालतमा ती धनाढ्यलाई दिनुहुदैन भन्ने हाम्रो मान्यता हो र यहि मान्यता अनुरुप हामी निरन्तर लागीरहनेछौं ।